२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीमा निगरानी गर्न खयरभट्टीमा सशस्त्र

‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ,’ एसपी दीपक अधिकारीले भने।

लायन्स क्लबद्वारा सातवटा सीमा सुरक्षा पोष्ट निर्माण

देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन्।

सीमा विवाद : वार्ताबाटै समाधान खोज्नुपर्छ

नेपाल र भारतबीच भौगोलिक स्वामित्वलाई लिएर विवाद भइरहेका बेला नेपालले वार्ताकै माध्यमबाट विवाद समाधानको पक्षमा रहेको जनाएको छ । ‘हाम्रो तर्फबाट वार्ताकै माध्यमबाट विवाद समाधान गर्नेमै जोड हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

सीमा निगरानी गर्न खयरभट्टी पुग्यो सशस्त्र प्रहरी

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली(नेपाली भूमि) मा संरचना निर्माण गरिएको यर्थात कुरा बुझ्न सशस्त्र प्रहरी पुगेको छ ।

भारतबाट नेपाल भित्रिनेक्रम रोकिएन, संक्रमणको झनै जोखिम

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ९५ प्रतिशतभन्दा बढीमा भारतबाट आएकाहरुबाट सरेको पाइएको छ । पहिलो चरणमा भुल्केका ३२ सहित उदयपुरका ३३ संक्रमित या पर्सा र बाँके वा कर्णाली र सुदुरपश्चिमका सबैमा भारतबाट आएकाबाटै भाईरस सरेको पुष्टि भएको छ ।

भारतबाट आएका कर्णालीबासीका पीडा, ‘जन्मभूमिको अनुभूति गर्न पाएनौं’

रोजगारीका लागि भारतको मुम्वईमा रहेका ७१ जना युवाले जेठ ६ गते स्वदेशका लागि यात्रा तय गरे । मुम्वईमा कोरोना संक्तमितको संख्या दिनदिनै बढ्दै गएपछि स्वेदशमै सुरक्षित भइएला भन्ने आशमा आएका उनीहरू जन्मभूमि टेक्ने वित्तिकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवहारले निरास भए । भारतीय भूमिमा हुँदासम्म उनीहरूलाई कुनै समस्या भएन् ।

भारतको सीमामै जाँच गर्न माग

कर्णालीमा कोरोना संक्रमित देखिन थालेपछि प्रदेश सरकारले भारतबाट आउने नागरिकको सीमा नाकामै जाँच गरेर मात्र प्रदेश र जिल्लामा पठाउन संघीय सरकारसँग अनुरोध गरेको छ ।

पशुपतिनगरबाट भित्रिए ७६ जना

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका ७ तथा चितवन र काठमाडौंका १÷१ युवा पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

सुनौली सीमामा अलपत्र तनहुँवासीको उद्धार

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि उद्धार थालिएको छ।

भारतीय क्वारेन्टिनमा नेपालीको मृत्यु, मेडिकल कलेजलाई कारबाहीको चेतावनी

नेपाल–भारत सिमापारि नौतनवा क्वारेन्टिनमा एक नेपालीको मृत्यु भएको छ । रोजागारीको क्रममा भारतको अलिगढमा काम गर्दै आएका स्याङजा निवासी ३२ वर्षीय युवाको नेपाल फर्किने क्रममा मृत्यु भएको हो । लकडाउनको समयमा कर्म स्थलबाट जन्मस्थल तर्फ आउदै गर्दा सीमापारीको क्यारेन्टिनमै मृत्यु भएको छ ।

चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार

बैतडीको झुलाघाट सीमानाकाबाट किरियापुत्रीसहित ३ सय ७८ जनाको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो ।

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको आरोप

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको दलका सांसदहरुले आरोप लगाएका छन् । लकडाउनको दुई महिनाको अवधिमा निर्माण गर्नुपर्ने आइसोलेसन अस्पताल र क्वारेन्टिनको व्यवस्थापन नगर्दा प्रदेशमा कोरोना संक्रमतिको उपचार नै प्रभावित भएको सांसदहरुको भनाई छ ।

सीमामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि

छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ।

सीमा अतिक्रमणविरुद्ध एकजुट हुन सुदूरपश्चिम नागरिक समाजको आह्वान

सीमा अतिक्रमणलगायत भारतीय पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन सुदूरपश्चिम नागरिक समाजले आह्वान गरेको छ । उसले वर्षौंदेखि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–लिपुलेक–कालापानीसहित नेपालको नक्शा सार्वजनिक गरेकामा उक्त कदमको स्वागत गरेको छ ।

नाकामै क्वारेन्टिन राख्न महामन्त्री खड्काको सुझाव

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको मुख्य प्रवेश नाका बबई नजिकैको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने खाली जमिनमा भारतबाट आउने नागरिकहरु राख्नका लागि क्वारेन्टिन र स्वास्थ्य परीक्षण केन्द्र राख्न सुझाव दिएका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु नजिकै क्वारेन्टिन र परीक्षण केन्द्र राख्ने निर्णय गरेसँगै आन्दोलन सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्