२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालको नयाँ नक्सा : कुल क्षेत्रफल १४७५१६ वर्ग किमी, तत्काल १० हजारप्रति छापिने

नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ। त्यतिमात्र होइन, नेपालको बदलिएको मानचित्रले जनताको मनोबललाई अझ उच्च बनाएको छ। –पद्मा अर्याल, मन्त्री, भूमि व्यवस्था

सीमामा नेपाली मजदुरको भिड बढ्दै

भारतका विभिन्न ठाउँवाट अलपत्र परेका मजदुर घर फर्कन सिमामा आउने क्रम ह्वात्तै बढेको छ । शुक्रबार र शनिबार डेढ महिनादेखि पलियाको क्वारेन्टाईनमा वसेका र अन्य गरि करिव ७ सय भन्दा बढी जनालाई नेपाल प्रवेश गराएपछि घर जान पाइने आशमा भारतका विभिन्न राज्यवाट आउने क्रम बढेको हो ।

यही हो नयाँ नक्सामा समेटिएको अतिक्रमण भूभाग

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड)। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो।

कटानले सीमास्तम्भ नदीमा

कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् ।

कालापानी नेपाल र भारतबीचको मुद्दा: चीन

चीनले कालापानी विवाद नेपाल र भारतबीचको आन्तरिक विषय भएको जनाएको छ । बेइजिङमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त कुरा बताएका हुन्। उनले यो विवादलाई नेपाल र भारतले मैत्रीपूर्ण परामर्शका माध्यमबाट समाधान गर्ने अपेक्षा गरिएकोे बताए । उनले नेपाल र भारतमध्ये कुनै एक मुलुक एक पक्षीय रुपमा अघि बढेमा परिस्थिति थप जटिल बन्ने पनि बताए ।

भारतद्वारा खोलिएको बाटोमा नेपाली सुरक्षा फौज तैनाथ गर्न सरकारसँंग माग

राष्ट्रिय उद्योग व्यापार महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतद्वारा खोलिएको बाटोमा तत्काल नेपाली सुरक्षा फौज तैनाथ गर्न सरकारसँंग माग गरेको छ। महासंघका अध्यक्ष शिव कट्टेल र महासचिव कमल बरालले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी आफ्नो सम्पूर्ण भूभाग समेटिएको नक्सासमेत बनाउन सकेको नेपाल सरकारालई बधाई दिएको छ।

संविधानको अनुसूची, निसान छाप, पाठ्क्रमसहित सबैमा नयाँ नक्सा अद्यावधिक गरिने

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले लिम्पियाधुरा, लिपुलेक, कालापानीसमेत समेटेर नयाँ नक्सा स्वीकृत गरेको जानकारी दिए ।

नेपाल–भारत सिमाना : ‘भारतीयले जहिल्यै दुःख दिन्छन्’

फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजिएको संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले रोकेपछि माहोल केही तातिएको छ । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।

सीमामा पर्खाल लगाऔँ

यतिबेला कोरोनाको कहर कम भएर नेपाली भूमि भारतीय पक्षले मिचेर उपयोग गरेको प्रसङ्गले सडक र सदन तातेको छ। देशभर भारतको यस्तो हर्कतको विरोधमा आवाज उठ्न थालेका छन्।

‘सीमा विवाद सल्ट्याउने जिम्मा सेना–प्रहरीको होइन’

यदि कुनै व्यक्ति सच्चा नागरिक हो भने आफ्नो देशको माटोमा छिमेकीले छिस्रिक्क खोस्रँदा पनि उसको मुुटु चसक्क गर्छ । उसका लागि त्योभन्दा ठूलो दुःख केही हुन्न । अहिले भारतले नेपाली भूमि मिचेर सडक खनेपछि आम नेपाली नागरिकको मन कुँडिएको छ । नेपाली मनहरू भारतले सीमा मिच्दा दुखेका छन् । लकडाउनको बेला भारतविरुद्ध प्रतिवाद गर्न युवा अभियन्ता जागेका छन् ।

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो ।

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

नेपालको माटो, भारतको बाटो !

आजको जस्तो मौन वा मूक कूटनीति अपर्याप्त भयो । आजको आँखाले बोल्ने, कानले हेर्ने, नाकले खाने, मुखले सुँघ्ने, ह्याकुल्लाले पेल्ने कूटनीतिले काम गरेन ।

२० हजार कर्णालीवासी भारतबाट फर्कंदै

भारतमा करिब ७० हजार कर्णालीवासी रहेको प्रवक्ता विमला केसीले बताइन् । तीमध्ये झन्डै २० हजार कोरोनाबाट बच्न घर फर्किन आतुर रहेको अनुमान छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण एकजनामा पनि देखिएको छैन । भारत तथा नेपालका अन्य प्रदेशबाट कर्णालीमा मान्छे भित्रिने क्रम बढेपछि जोखिम भने बढेको छ । प्रदेशका सबै नाका सिल गरिए पनि प्रदेश सरकारका लागि नयाँ चुनौती भएको बताइएको छ ।

दार्चुलाकाे गागामा अब सशस्त्रको गुल्म: यस्तो छ तयारी

भारतीय एसएसबी फोर्स र सेनाले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला नेपाली सुरक्षा फौज आउनु महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । अहिलेको अवस्थामा यहाँ सबैभन्दा ठूलो टेलिफोन समस्या छ । त्योसँगै सडकको पनि समस्या छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्