१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमामा नेपाली मजदुरको भिड बढ्दै

भारतका विभिन्न ठाउँवाट अलपत्र परेका मजदुर घर फर्कन सिमामा आउने क्रम ह्वात्तै बढेको छ । शुक्रबार र शनिबार डेढ महिनादेखि पलियाको क्वारेन्टाईनमा वसेका र अन्य गरि करिव ७ सय भन्दा बढी जनालाई नेपाल प्रवेश गराएपछि घर जान पाइने आशमा भारतका विभिन्न राज्यवाट आउने क्रम बढेको हो ।  

धनगढीको सिमामा हजारौ मजदुर जम्मा भएका छन भने बिभिन्न ठाउँवाट वसमा आउने क्रम जारी रहेकाले दिनका दिनु त्याहाँ मजदुरको संख्या बढ्दै गएको छ । कैलालीको सिमामा पुगेकालाई पनि करिव ४० किलोमिटर टाढा रहेको पलिया लगेर छोडिने गरेको छ । पलियामा रहेका करिव २ हजार बढी मजदुरले खाना पनि नपाएर भोक भोकै मर्नुपर्ने अवस्था भएको भन्दै छिटो उद्धार गरिदिन आगह्र गरेका छन । भारतका बिभिन्न ठाउँमा अलपत्र परेका नेपाली मजदुर हरु त्याहाँ सवारीसाधन खुलेसंगै घर फर्कन आउन थालेका हुन । सिमामा बढ्दो भिड सँगै उनीहरुको बिचल्ली भएको छ ।‘हामीलाई दिनभरी एक छाक त्यो पनि पेटभरी नभई अलिकती (एक प्लेट)मात्र दिने गरेको छ, हाम्रो बिचल्ली भएको छ’डडेल्धुरा अमरगढी नगरपालिका वानं ९ का भीमबहादुर साउँदले भने,‘हाम्रो छिटो उद्धार गरिदिनु पर्यो, नत्र भोकभोकै मरिने जस्तो छ ।’

सिमामा बिचल्ली भएका नेपाली मजदुरले पत्रकार, राजनीतिक दलका नेता, सासंद, स्थानिय तहमा जनप्रतिनिधी, मुख्यमन्त्री देखि सवैलाई टेलिफोन गरेर, मेसेज पठाएर आफ्ना पिडा राखेर उद्धार गरिदिन आग्रह गर्ने गरेका छन ।‘२४ घण्टामा एक प्लेट मात्र खाजा हुने जत्तिकै खाना दिने गरेका छन’उनले भने,‘यति खानाले कसरी भोक मेटिन्छ ।’ नेताहरुले फोन नउठाउने उल्लेख गर्दै उद्धारका लागी पहल गरिदिन उनीहरुले अनुरोध गरेका छन । खानमात्र नभई पलियामा हजारौ मजदुरलाई कोचाकोच गरेर राखिदाँ सवै जोखिममा रहेको उनीहरुले बताएका छन । ‘हुलका हुल सगै वस्न लगाएकाले जोखिम छ’उनले भने ।

पलियामा बुधवार सम्म २५ सय जना जम्मा भैसकेका छन भने आउने क्रम जारी रहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर वोहराले पलियामा करिव २५ सयजती मजदुर जम्मा भएको बताए । बुधवार मात्र १३ वसमा बिभिन्न ठाउँवाट मजदुर आएको उनले बताए । पलियामा जम्मा भएका मजदुरको बिचल्ली देखेर उनीहरुलाई प्रवेश गराउने प्रयास भैरहेको उनले बताए । बुधवार साँझवाटै हामी प्रवेश गराउन शुरु गर्छौं ।‘कति जनालाई व्यवस्थापन गर्न सकिन्छ, उनीहरुलाई प्रवेश गराउन हामी लागिरहेका छौं’उनले भने । यस अघि शुृक्रवार र शनिवार दुई दिन ७ सय ५९ जनालाई प्रवेश गराएर बिभिन्न स्थानिय तहको क्वारेन्टाईनमा राखिएको उनले बताए । अहिले पनि भित्र्याएर क्वारेन्टाईनमा राखिने उनको भनाई छ ।

भारतका महाराष्ट्र, राजिस्थान,उत्तरप्रदेश लगायतका बिभिन्न ठाउँमा हजारौ को संख्यामा नेपाली मजदुर आएर सिमामा भिड लागेपछि उनीहरुलाई प्रवेश गराएर व्यवस्थापन गर्ने चुनौती थपिएको छ । पुर्व तयारीको अभावले ठुलो संख्यामा आएकालाई क्वारेन्टाईनमा व्यवस्थापन गर्न जटिल हुने देखिएको छ । कालापानीक्षेत्रमा भारतले सडक बनाएको बिरोध र नेपालले कालापानी,लि लिम्पियाधुरा र लिपुलेख सहितको नक्सा सार्वजनिक गरेपछि भारत पक्षले नेपाली मजदुरलाई सिमासम्म पठाउन थालेको बदेकोट नगरपालिकाका प्रमुख अशोक चन्दले बताएका छन । बिद्यालय लगायत बिभिन्न ठाउँमा क्वारेन्टाईन बनाएर भारतवाट आएका सवैलाई व्यवस्थापन गर्न सकिने उनको भनाई छ । 

 पठाएर सिमामा जम्मा परेकालाई भित्र्याउन शुरु गरिएको उनले बताए । भारतवाट ठुृलो संख्यामा सिमामा जम्मा भएका नेपाली मजदुरलाई क्वारेन्टाईनमा  डिस्टेन्स मेन्टन लगाएतका सावधानीका साथ राखेर पिसिआर बिधीद्वारा जाँच गरेर मात्र घर पठाइनुृपर्ने बिज्ञहरुको सुझाव छ । ‘भारतमा कोरोनाको संक्रमण व्यापक फैलिएको छ, त्याहाँवाट यात्रा गरेर आउने नेपाली मजदुरहरुमा कोरोनाको संक्रमण हुन सक्छ, समुहमा यात्रा गरेकाले एकवाट धेरैलाई पनि सर्न सक्छ, अव उनीहरुवाट याहाँ समुदायमा संक्रमण फैलिन नदिन क्वारेन्टाईनमा राखेर पुरै सावधानी अपनाईनु पर्छ’वरिष्ठ फिजिसियन शुभेस राज कायस्थले बताए । ३ साता क्वारेन्टाईनमा राखेर पिसिआर बिधीद्वारा जाँच गरेर मात्र घर पठाइनुपर्ने उनको सुझाव छ । 

क्वारेन्टाईनमा पनि बिश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार दुरी, सरसफाई लगायतका सवै सावधानी अपनाएर एकवाट अर्कोमा  संक्रमण नसर्ने गरि राखिनुपर्ने उनी बताउछन । फागुनको अन्तिम साता देखि चैत ११ गतेसम्म करिव डेढ लाख नेपाली भारतवाट भित्रिदाँ कोरोनाको संक्रमण फैलिने जोखिम बढेको थियो । तीनीहरुवाट समुदायमा संक्रमण नफैलिदाँ एउटा जोखिम टरेको ठानिएको सुदूरपश्चिममा भारतवाट हजारौको संख्यामा आउन थालेपछि फेरि जोखिमको संभावना बढेको भन्दै स्थानिय त्रसित भएका छन । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतवाट प्रवेश गर्ने सवै नेपाली मजदुरलाई स्थानिय तह सँग समन्वय गरेर सुरक्षित रुपमा क्वारेन्टाईनमा राख्ने देखि सवै व्यवस्थापन गरिने बताएका छन ।‘कोरोनाको रोकथाम, उपचार र नियन्त्रणका लागी कुनै कसर वाँकी नराख्ने गरि प्रदेश सरकारले काम गर्ने छ ।’ उनले भने ।

प्रकाशित: ७ जेष्ठ २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App