८ वैशाख २०८१ शनिबार

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा छन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छिन।

सीमा समस्यामा राजनीतिक दाउपेच

नेपालमा सीमा समस्या र भूराजनीतिजस्ता संवेदनशील मुद्दालाई राजनीतिक अभीष्टका लागि उछाल्ने प्रवृत्ति मौलाउँदो छ। ‘राष्ट्रवाद’ को भ्रम सिर्जना गर्दै जनमत बटुल्न दलहरू लागि पर्दा यी समस्या झन्झन् गिजोलिँदै छन्।

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

हुँदै नभएको प्रतिवेदन कुन कारखानाबाट आयो अनुसन्धान गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

सीमा मिचिएको प्रमाण संकलन गर्न समिति

सरकारले नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलन गर्न डाक्टर विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । छिमेकी मुलुक भारतले नेपाली भूमि मिचेर लिपुलेक लिम्पियाधुरा, कालापानीको भूमि समेटर सडक मार्ग बनाएपछि दुई देशबीच सीमा विवाद पेचिलो बन्दै गएका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती भूमिका विषयमा प्रमाण संकलनका लागि समिमि गठन गरेको हो ।

५०० भारतीय मजदुर सीमामा अलपत्र

भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा ५०० भारतीय नागरिक अलपत्र परेका छन्।

सांसद चौधरीको प्रश्न : नेपालको संसदमा भारतीय चेलीको दादागिरी !

सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गरेको आरोप लगाएकी छन्। अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साट्न नसकिने उल्लेख गर्दै उनले भनिन्, ‘‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन्।

फेनरा नाकामा सशस्त्रको हवाईफायर

आइतबार बिहान सीमापारिबाट आएको ४०/५० जनाको समूहले आक्रमणसहित हतियार खोस्ने प्रयास गरेपछि विष्णु गाउँपालिका–५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट–पोस्टको टोलीले एक राउन्ड हवाईफायर गरेको हो ।

भारतसँग वार्ताको मिति तय भैसकेको छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका हुन्।

सीमा विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयास आवश्यक : भारत

नेपालसँग सीमावर्ती भूभागको स्वामित्वलाई लिएर विवाद चर्किरहेका बेला भारतले विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयासको आवश्यकता औल्याएको छ। नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको स्वामित्वका विषयमा दुई मुलुकबीच विवाद चर्किदै गएको अवस्थामा भारतको यस्तो धारणा आएको हो।

भारतबाट फर्किने नेपालीका लागि प्रवेश नाका तोकियो

सरकारले भारतबाट फर्किने नेपाली नागरिकका लागि प्रदेश २ मा प्रवेश नाका तोकेको छ । भारतबाट फर्किने नेपाली नागरिकको प्रवेश व्यवस्थित गर्न निश्चित नाका तोकिएको हो ।

‘लाहुर्या आइग्या ! भाग’

भारतबाट फर्केकाहरु बाटैबाटो हिँडेर क्वारेन्टाइन जान लाग्दा डोटी, बडिकेदारकी धौली बिक ‘लाहुर्या (भारतबाट फर्केकाहरु) आइग्या ! भाग’ (लाहुरे आए ! भागौ) भन्दै साथीसँगीलाई सचेत गराइरहेकी थिइन् । कोरोनाको सन्त्रास छाएका बेला भारतबाट फर्केकाहरुलाई बाटो छोड्दै उनीहरु बाटो काटेर गए ।

सीमा निगरानी गर्न खयरभट्टीमा सशस्त्र

‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ,’ एसपी दीपक अधिकारीले भने।

सीमा विवाद : वार्ताबाटै समाधान खोज्नुपर्छ

नेपाल र भारतबीच भौगोलिक स्वामित्वलाई लिएर विवाद भइरहेका बेला नेपालले वार्ताकै माध्यमबाट विवाद समाधानको पक्षमा रहेको जनाएको छ । ‘हाम्रो तर्फबाट वार्ताकै माध्यमबाट विवाद समाधान गर्नेमै जोड हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

सीमा अतिक्रमणविरुद्ध एकजुट हुन सुदूरपश्चिम नागरिक समाजको आह्वान

सीमा अतिक्रमणलगायत भारतीय पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन सुदूरपश्चिम नागरिक समाजले आह्वान गरेको छ । उसले वर्षौंदेखि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–लिपुलेक–कालापानीसहित नेपालको नक्शा सार्वजनिक गरेकामा उक्त कदमको स्वागत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्