१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रानीपोखरीमा चिम्टे माटो बिच्छ्याइने

पुनर्निर्माण हुँदै गरेको राजधानीको रानी पोखरीमा निश्चित समय अवधिसम्म जलस्तर अत्याधिक न्युन हुने समस्याबारे काठमाडौं महानगरपालिका कार्यालयले अध्ययन गरिरहेको छ। रानीपोखरीमा हिउँदमा पानी नअड्ने समस्या रहँदै आएको छ।

डम्पिङ साइट बन्यो 'मभीं' पोखरी

कीर्तिपुर नगरपालिका– ५ मा रहेको मभीं पोखरी फोहोर थुप्रिएको छ। स्थानीयले मभीं पुखु भन्ने पोखरीको जग्गामा निजी प्रयोजनका टहरा समेत बनेका छन्। अघिल्लो वर्षको भूकम्पले भत्किएका भग्नावशेष पोखरीमा थुपारेका कारण पोखरी पुरिएको स्थानीय साइला तन्डुकारले बताए।

पोखरी जोगाउँदै पानीका मूल बढाउँदै

‘उतिखेर गाउँभरि पोखरी र कुवा छ्यापछ्याप्ती थिए । पोखरी बनाउने र जोगाउने पुस्तौनी ज्ञान थियो । यिनै पोखरी र कुवाको पानीले कैयौं पुस्ता हुर्के बढे।’

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन्।

असन, न्यूरोड र खिचापोखरीको दसैं सान

राजधानी काठमाडौंसहरको मध्यक्षेत्र जमल। जमलबाट थोरै भित्रपुगेपछि पुगिन्छ यहाँको पुरानो असन बजार। वरिपरि मन्दिर। बीचमा सानो चोक। सानो चोकमा थरी थरीका पसल। पसल सानै भएपनि यहाँ नपाइने सर्जाम छैन्। पहिलो बसन्तपुरक्षेत्रमा राजदरबारको चहलपहल छँदा यहाँ सरकारी अड्डा,पुलिस चौकी बढी थिए। पछि विस्तारै मानव वस्ती बढेपछि मान्छेको शहरमा परिणत भयो।

रानीपोखरी, धरहरा र काष्ठमण्डप

रानीपोखरीको पुनर्निर्माणमा हिजोआज जे–जस्ता बहस तथा टीकाटिप्पणी भइरहेका छन् त्यसले नेपाल सरकारको सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने जिम्मेवार संस्थाबीच तालमेल र समन्वय नभएको स्पष्ट हुन्छ।

जितिया नुहाउन गएकी महिलाको पोखरीमा डुबेर मृत्यु

आफ्नो छोराको दीर्घायुका लागि गरिने जितिया पर्वको अघिल्लो दिन नुहाउन जाँदा पोखरीमा डुबेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बगही वार्ड नम्बर १ की २१ वर्षीया सीमा सहनीको गाउँकै पोखरीमा डुबेर बिहीवार मृत्यु भएको हो।

भक्तपुरमा सिद्धपोखरी मेला

भक्तपुरमा शुक्रबार सिद्धपोखरी मेला लाग्दैछ। काठमाडौंबाट भक्तपुर नगर प्रवेश गर्ने नगरको सुदुर पश्चिममा रहेको दूधपाटीस्थित सिद्धपोखरीमा शुक्रबार मेला लाग्दैछ। भक्तपुर नगरपालिका वडा नं १७ स्थित यो पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्रामो भोलिपल्ट यसरी नै विशेष मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरसहित काठमाडौं  उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुग्छन्।

बेगुनियाँसँग ‘सेल्फी’ हान्दै माइपोखरी (फाेटाेफिचर)

सडकमै टाँसिएको घर परिपरि चटक्क सजाइएको बेगुनियाँ देख्नेबित्तिकै हाम्रो मोटरसाइकल आफैं ‘स्टार्ट अफ्’ भएजसरी घ्याच्च रोकियो । हुन त, रंगीचंगी, ढकमक्क फुलेको बेगुनियाँले कसको मन तान्दैन र ! इलामको माइपोखरीछेउ चाँपगैरीमा यसरी टक्क अडिएर घरै ढाकेको बेगुनियाँ क्यामेरामा कैद गर्नेको घुइँचो नै लाग्छ ।

रानीपोखरी पुनर्निर्माण रोकियो

काठमाडौं महानगरपालिकाले पुर्ननिर्माण शुरु गरेको रानीपोखरीबीचकोे बालगोपालेश्वर मन्दिर पुर्ननिर्माणमा पुरातत्व विभागले रोक लगाएको छ। पुरातत्वको मापदण्डभन्दा बाहिर गई मन्दिर पुर्ननिर्माणमा रड तथा सिमेन्टको प्रयोग गरेको भन्दै सोमबार विभागले रोक लगाएको हो।

कसले बनायो रानीपोखरी?

चितवनमा निकुञ्ज बाहेक घुम्ने अरु ठाउँ पनि छन्। त्यस्तै एउटा गन्तव्य हो रानीपोखरी। पश्चिम चितवनको चित्रवन नपा–४ शारदानगर किरणगञ्जको पोखरीमा डुंगा सयरको मज्जा लिन पाइन्छ।

पोखरीमा पाठी डुबाएर लुछाचुँडी गर्ने जात्रा (भिडियो/फोटो)

देवपोखरी जात्रा विवादमा आउने गरेको छ। अमानवीय ढंगले पाठीलाई यातना दिइने गरेको भन्दै जात्राको आलोचना हुने गरेको छ। तर शनिबार पत्रकार सम्मेलन गर्दै जात्रा आयोजक समितिले यो परम्परागत जात्रा भएको र स्थानीयको संस्कृति भएकोले यसलाई विवादमा नल्याउने आग्रह गरेका थिए।

वीरको गेटमै 'पोखरी'

हिजोआज ससाना बालबालिकालाई पनि जथाभावी फोहर गर्नुहुँदैन भन्ने जानकारी हुन्छ। रोग लागेर अस्पताल जाँदा चिकित्सकले सरसफाइमा ध्यान दिनुहोला भनेको सबैले सुनेका छौं। तर अस्पताल वरपर फोहर र दुर्गन्धित हुँदा भने बिरामीलाई सरसफाइमा ध्यानु दिनु होला भन्ने चिकित्सकहरूकै भने ध्यान गएको छैन।

रियो पोखरीमा शितयुद्धको झल्को

सत्तरी र असीको दशकमा भएको शीतयुद्धले ओलम्पिकमा पारेको असर रियोमा पनि झल्किएको छ। अमेरिकी र रुसी पौडी खेलाडीबीचको विवाद पछि त्यो झन छताछुल्ल भएको हो। अमेरिकाले रुसको सबै टोलीलाई रियो ओलम्पिकमा प्रतिबन्ध लगाउनुपर्ने बताएपछि खेलका दुई शक्तिशाली राष्ट्रबीच विवाद बढेको थियो। त्यसको सबैभन्दा ठूलो असर सोमबार भएको महिला १०० मिटर ब्रेस्टस्ट्रोक प्रतियोगिताका फाइनलमा देखियो।

रियोको पोखरीमा कीर्तिमानी सपना

एघार वर्षे नेपाली किशोरले ओलम्पिक खेल्ने सपना देख्नु अनौठो लाग्छ। तर उनले देखे। महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविता जस्तै। उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। त्यही ठिटो हुन् रियो ओलम्पिकमा पौडीबाट प्रतिस्पर्धा गर्ने दुई नेपालीमध्ये एक शिरीष गुरुङ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्