२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रानीपोखरीमा चिम्टे माटो बिच्छ्याइने

काठमाडौं- पुनर्निर्माण हुँदै गरेको राजधानीको रानी पोखरीमा निश्चित समय अवधिसम्म जलस्तर अत्याधिक न्युन हुने समस्याबारे काठमाडौं महानगरपालिका कार्यालयले अध्ययन गरिरहेको छ। रानीपोखरीमा हिउँदमा पानी नअड्ने समस्या रहँदै आएको छ।

अध्ययनले रानीपोखरीको सतहबाट पानी रसातलमा जाने गरेको जानकारी पाइएको छ।  रानीपोखरी वरपर धेरै सँख्यामा डिप बोरिङ गरिएकाले पानी सतहबाटै जमिनमुनि जाने गरेको महानगरपालिका भौतिक निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए।

महानगरपालिकाले सतह भएर पानी तल झर्र्दै पोखरी नै सुक्ने समस्याबाट पार पाउन पोखरीको सतहमा चिम्चे माटो ओछ्याउने भएको छ। माटोको लेयर(पत्र)लाई बढोत्तरी भएर सतह बाक्लो हुने हुँदा विज्ञको सुझाबअनुसार चिम्टे माटो बिछ्याउन लागिएको हो। रानीपोखरीको १५ मिटर तलसम्म बालुवा रहेको अध्ययनबाट जानकारी भएको रेग्मीले बताए। चिम्टे माटो बिछ्याउनका लागि महानगरले चाँडै नै टेण्डर आह्वान गर्न लागेको जनाइएको छ। महानगरपालिकाले रानीपोखरीलाई पुनर्निर्माण गरेर पयर्टनको केन्द्रीय स्थल बनाउन लागेकोे छ। असारसम्मका काम सम्पन्न हुने गरी निर्माण भइरहेको जनाइएको छ।

प्रकाशित: १ वैशाख २०७४ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App