११ मंसिर २०८१ मंगलबार
image/svg+xml

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए।

पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ।

भक्तपुरको रानीपोखरी पाँच महिनामै बनेको खुलासा

एउटा निर्माण कार्य वर्षौमा पनि नसकाएको भनी आलोचना भइरहेको बेला भक्तपुरको ऐतिहासिक रानीपोखरीको निर्माण पाँच महिनाको छोटो अवधिमै निर्माण कार्य सम्पन्न भएको खुलेको छ।

ताल जोगाउँदै सिल्टेसन पोखरी

तथ्यांकअनुसार फेवातालमा एक वर्षमा १ लाख २२ हजार घनमिटर सिल्ट जम्मा हुन्छ भने ३० हजार घनमिटर सिल्ट निकालिसकिएको महानगरको भनाइ छ।

फेवाताललाई सिल्टेसन पोखरीको राहत

एकसाता यता पोखरामा दिनहुँजो भिषण पानी परिरहेको छ । वर्षाले खोला खोल्सामा बाढी निम्त्याएको छ । बाढीसँगै त्यही खोलाखोल्सी सिधै फेवातालमा मिसिएका छन् । फेवातातालमा मिसिँदा पानी मात्र नभई बगेर आएको ढुंगा, गिट्टी, बालुवा पनि तालमै पुग्दै आएको थियो । तर यो वर्ष भने ताल पुरिनेक्रममा तोरै भएपनि छेकवार लागेको छ ।

अविश्वासको पोखरीमा वार्ताको बाँकटे

उनीहरु डुब्नदेखि पनि डराउँछन् तर अविश्वासको पोखरी पुर्न पनि सक्दैनन् । त्यसैले जति सुकै बार्ता गरेपनि डुव्ने डर कायमै रहन्छ । किनकी अविश्वास पोखरी सुख्खायाममा पनि सुक्दैन । अझ त्यसमा पनि झाक्रीको स्टाटास अझै मेटिएको छैन, 'हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे ।’

पोखरीमा डुबेर किशोरको मृत्यु

उदयपुरमा अर्का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हाँडीगाउँ गहना खोज्ने पोखरीको जात्रा

कुनै वैज्ञानिक आधार नभए तापनि हाम्रा चाडपर्व, जात्रा आदि हाम्रो संस्कृतिका अभिन्न अंग हुन्। यसमा कुनै शंका छैन। यसको उचित संरक्षण संवर्धन हुन सकेन भने हाम्रा यी चाडपर्व लोप हुँदै जानेछन्।

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ। पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ।

हराए लालसेना, बिलाए सपना

जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारतारे रुमाल बाँधेका लस्करै लागेर लाल सेना आउँथे । काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो,“अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।”

पोखरीको पुनर्निर्माण

रानीपोखरी निर्माणमा प्राधिकरणले जे/जसरी सहज वातावरण निर्माण गर्‍यो, अहिले कमलपोखरी पुनर्निर्माणको सवालमा महानगरले पनि त्यही शैलीलाई अनुशरण गर्नु उपयुक्त हुन्छ । स्थानीय बासिन्दा र सम्पदाप्रेमीहरूको भावनामा चोट पुर्‍याएर कुनै पनि सम्पदाहरूको पुनर्निर्माण अघि बढ्न सक्दैन जसलाई महानगरपालिकाले हेक्का राख्नैपर्छ ।

भत्काइयो कमलपोखरीको कंक्रिट संरचना

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

पर्यटकीयस्थल बराहपोखरीमा ल्याइएका डुंगा अलपत्र

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परीक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए। तर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परीक्षणमै सीमित हुन पुगेको छ। करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्न २०७४ चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो। तर पाइडलले चल्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।

आठ सय वर्ष पुरानो पोखरीको मध्यभागको मन्दिर शिलान्यास

भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको बिहीबार शिलान्यस गरिएको छ। आठ सय वर्ष पुरानो पोखरीको मध्यभागमा रहेको मन्दिरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच शिलान्यास गरेका हुन्।

कमल पोखरीको मौलिकता जोगाउन निरन्तर प्रदर्शन

काठमाडौँस्थित कमल पोखरीको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएको भन्दै विरोध भएको छ। सम्पदा प्रेमीहरुले कमलपोखरीलाई मौलिक स्वरुपमा पुननिर्माण गर्नु माग गर्दै निरन्तर प्रदर्शनमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्