काठमाडौँस्थित कमल पोखरीको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएको भन्दै विरोध भएको छ। सम्पदा प्रेमीहरुले कमलपोखरीलाई मौलिक स्वरुपमा पुननिर्माण गर्नु माग गर्दै निरन्तर प्रदर्शनमा छन्।
मंगलबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि कमलपोखरीमा कंक्रिट प्रयोग गर्न नहुने माग राख्दै प्रदर्शन गरेका छन्। प्रकृतिको दोहन बन्द गर्नु पर्ने, दुर्लभ सिमसार संरक्षण गर्नु पर्ने माग राख्दै महानगर अगाडि प्रदर्शन भएको हो।
यस अघि उनीहरुले कमलपोखरीको माटो दलेर प्रदर्शन गरेका थिए। सम्पदा बचाउन अभियानमा अभियन्ताहरूले कमल पोखरीमै गएर त्यहाँको मौलिकता भत्काउन नहुने भन्दै विरोधसमेत गरेका छन्।
प्रकाशित: ६ माघ २०७७ १२:०६ मंगलबार