२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पोखरीमा डुबेर किशोरको मृत्यु

उदयपुरमा अर्का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।  

सोही ठाउँको नवदिप टोलस्थित मामाघरमा बस्दै आएका ढकाल पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट निस्केकोमा साँझसम्म नफर्केपछि खोजतलास गर्ने क्रममा पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार ढकालकी माईजु टीका विक र स्थानीयले पोखरीको डिलमा लुगा, कपडा र चप्पल फेला परेको खवर आएपछि खटेको डिएसपी कमाण्डको टोलीले साँझ ७ बजे उनी पोखरीभित्र मृत अवस्थामा फेला पारेको थियो।  

प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरी मृतकको लास पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा पठाएको जनाएको छ। घट्नाबारे बिस्तृत अनुसन्धान कार्य सुरु गरिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन्।  

यो सँगै उदयपुरमा सातादिन नबित्दै दुई बालकको पानीमा डुबेर मृत्यु भएको छ। यसअघि गत आईतबार पौडी खेल्ने क्रममा कटारी नगरपालिका ७ रतनपुरमा एक बालकको तावा खोलामा डुबेर मृत्यु भएको थियो। साथीहरुसँगै पौडी खेल्न सिक्ने क्रममा ४ वर्षीय रितेशकुमार मगरको डुबेर मृत्यु भएको थियो।  

प्रकाशित: १६ वैशाख २०७८ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App