ठाउँ बरु साँघुरो होस्, फराकिलो मन बनाऊँ!
ठाउँ बरु साँघुरो होस्, फराकिलो मन बनाऊँ, गरिब नै होस् केही हुन्न संगतमा स्वजन बनाऊँ। जस्तो दिन्छौं उस्तै आउँछ अपमान र सम्मान पनि, धन नै नहोस् तर पनि आनन्दित जीवन बनाऊँ।
ठाउँ बरु साँघुरो होस्, फराकिलो मन बनाऊँ, गरिब नै होस् केही हुन्न संगतमा स्वजन बनाऊँ। जस्तो दिन्छौं उस्तै आउँछ अपमान र सम्मान पनि, धन नै नहोस् तर पनि आनन्दित जीवन बनाऊँ।
मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु भन्ने जानकारी हुँदैन। लिंगको आधारमा नभई बालबालिका, महिला र पुरुष सबै बेचिएका छन्। सबैलाई बेच्ने गिरोह दलालले अनेक लालच र प्रलोभन देखाएका छन्। मानव बेचबिखनविरुद्ध अभियानको मुख्य चुनौतीका रुपमा आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन्।
बेबी बुमर्स सन् ६० को दशकमा जन्मिएको पुस्तालाई भनिन्छ। त्यो पुस्ता यतिबेला वृद्ध भइसक्यो र उमेरमा ७० वर्ष लाग्यो। यो हजुरबाआमा पुस्ता इन्टरनेटमा सबैभन्दा व्यस्त पुस्तामध्ये दोस्रो नम्बरमा पुगेको छ।
सबैतिर महँगीले नेटो काटेको बेला कसरी व्यबहार गर्ने भन्ने चिन्ता लाग्छ। तैपनि उनी बुढी र छोरीलाई सँगै राखेर कतै कुनै तरीकाले खर्च घटाउन मिल्छ कि भनेर कोठे मिटिङ राख्छन्।
संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले वेबसाइट सञ्चालनमा ल्याएको छ। शुक्रबार जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेन्सर बोर्डको वेबसाइट सुरुवात गरेकी छिन्।
गितारको तार हल्लाउँदा निस्कने र सारंगी रेट्दा निस्कने ध्वनि आफैंमा दुई फरक ध्रुवका संगीत हुन्। दुवै वाद्यवादन यन्त्रको इतिहास र पृष्ठभूमिसमेत विपरीत छ। सारंगी पूर्वीय सभ्यतासँग जोडिएको छ भने गितार पश्चिमी संस्कृतिसँग। यिनको साइनो जोडेको छ त केवल त्यही तारले।
पर्खाल र भित्ता, मात्र भित्ता होइनन्, ती त जीवित इतिहास हुन्। ठुलाठुला पर्खाल जति कलात्मक भए, त्यो सभ्यता उति सभ्य र वैभवपूर्ण हुन्छ। जुन समाजका पर्खाल र भित्ताहरू खुला अभिव्यक्तिको माध्यम बन्छन्, त्यो समाज कलासम्पन्न मानिन्छ।
बर्न ट्रेन स्टेसनबाट बाहिर निस्कँदा मध्यदिउँसो भएको छ। इन्टरलाकन सहरमा ट्रेन चढ्दा पानी पर्ला जस्तो थियो। डेढ घण्टाको ट्रेन यात्राबाट बर्नमा उत्रँदा झलमल्ल घाम लागेको छ। पानी पर्ने मौसमी भविष्यवाणीलाई घामले चुनौती दिएको छ।
पहिलेका एकथरी अर्थशास्त्री भन्थे– सरकार भन्नु जनताका लागि नचाहिँदो बकबासे अभिशाप हो। निर्धा गरिब कामदार किसानसँग आकासे फल देखाएर करपोत उठाउँदै बलियाबांगा ठुलाठालुहरूले बसीबसी मिठोमसिनो बाँडीचुँडी खाने यसको इलम भन्दा हुन्छ।
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ।
अघिल्ला पुस्ताका निकै सशक्त कवि केदारमान व्यथित, जो छोटा–छोटा कविता लेख्नमा सिद्धहस्त मानिन्थे, उनी राजनीति र साहित्यको प्रसङ्ग एकैचोटि चल्यो भने भन्ने गर्थे– ‘राजनीति भनेको शौचालय हो, साहित्य भनेको भोजनालय।’
सोचें, राम्रा मान्छेको व्यहोरा हुँदैन भन्थे, हो रहेछ। दिउँसो त्यहीसँग हाँसेर बोल्दै थिई। ‘साढे एघारमा है’ फोनमा त्यो जगल्टेले भन्दै गरेको सुनें। मनमा सुनामी हुँइकियो।