१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

बेबी बुमर्स !

यस्तो पनि !

बेबी बुमर्स सन् ६० को दशकमा जन्मिएको पुस्तालाई भनिन्छ। त्यो पुस्ता यतिबेला वृद्ध भइसक्यो र उमेरमा ७० वर्ष लाग्यो। यो हजुरबाआमा पुस्ता इन्टरनेटमा सबैभन्दा व्यस्त पुस्तामध्ये दोस्रो नम्बरमा पुगेको छ।

बेलायतको नेसनल स्टाटिस्टिक्स्ले २० को उमेरका जेनरेसन जेड (जेन जेड) पछि सबैभन्दा बढी भेटिने पुस्ता बेबी बुमर्स रहेको जनाएको हो। २० वर्षे उमेर समूहका पुस्ताहरू इन्टरनेटमा सबैभन्दा बढी बिताउने गर्छ।

यो पुस्ताले कम्प्युटर वा अन्य डिभाइसमा काम गर्ने, खेल्ने, मनोरञ्जन लिने गरेको छ। कपाल पाकेको र अनुहार चाउरिएको पुस्ताले बेलायतमा औसतमा ४३ मिनेट ६ सेकेन्ड दैनिक रूपमा इन्टरनेटमा समय बिताउँछ। यो भनेको ४० वर्ष उमेर समूहका मानिसहरूभन्दा १० मिनेटले बढी हो।

सामाजिक सञ्जालमा भने बेलायती वृद्धवृद्धाहरू कमै देखिएका छन्। उनीहरूले जम्माजम्मी दिनमा तीन मिनेट मात्र बिताउने गरेका छन्। वृद्धवृद्धाहरूका लागि इन्टरनेट बरदान नै बन्न पुगेको छ।

आफ्ना प्याराहरूसँग जोडिने एउटा सुन्दर माध्यम बन्न पुगेको, यसै माध्यमले उनीहरू आफ्नो स्वास्थ्यसम्बन्धी अपडेटहरू लिने गरेको, उनीहरूको स्वास्थ्य चेकजाँचमा पनि इन्टरनेट सहयोगी बनेको एउटा अध्ययनमा देखिएको छ।

धेरैले इन्टरनेट प्रयोग गर्न वृद्धवृद्धाहरूलाई गाह्रो हुने होला भन्ने सोच राख्ने गरेको भए पनि पछिल्लो समय एपहरूका माध्यमबाट इन्टरनेट प्रयोग गर्न सहज बन्दै गएको पनि देखिएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ पुस २०८० ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App