२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दाबीः भेनेजुएलाका राष्ट्रपति पक्राउ परिसके

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ‘ठुलो स्तरको आक्रमण’ गरेको स्वीकार गरेका छन्। सँगै  भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी पक्राउ गरिएको दाबी गरे। पक्राउ गरेर दुवैलाई भेनेजुएलाबाहिर लगेको पनि ट्रम्पको घोषणा छ।  

‘संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध र त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरोविरुद्ध सफलतापूर्वक ठुलो स्तरको आक्रमण सम्पन्न गरेको छ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति मादुरो र उनकी पत्नी दुवैलाई पक्राउ गरी देशबाहिर उडाइयो।’ यो अभियान अमेरिकी कानुन कार्यान्वयन निकायहरूसँगको समन्वयमा गरिएको ट्रम्पले बताएका छन्। ‘थप विवरण आउँदैछन्। आज बिहान ११ बजे मार–ए–लागोमा पत्रकार सम्मेलन हुनेछ,’ ट्रम्पले भनेका छन्।  

ट्रम्पको घोषणापछि केही समयमै ‘द न्यूयोर्क टाइम्स’सँगको छोटो फोन अन्तर्वार्तामा ट्रम्पले यसलाई ‘उत्कृष्ट अभियान’ भनेर प्रशंसा पनि गरेका छन्।  

आक्रमणका लागि ट्रम्पले कंग्रेस(संसद्)को स्वीकृति लिएका थिए कि थिएनन् भन्ने न्यूयोर्क टाइम्सको प्रश्नमा ट्रम्पले जवाफ दिन अस्वीकार गर्दै त्यसको जवाफ पत्रकार सम्मेलनमै स्पष्ट पार्ने बताएका छन्।  

प्रकाशित: १९ पुस २०८२ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App