४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

काठमाडौंका दुई क्षेत्रमा गणना जारी: विराजभक्त र कुलमानको फराकिलो अग्रता, कांग्रेस-एमाले निकै पछाडि

प्रतिनिधि सभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार काठमाडौंका दुई महत्त्वपूर्ण क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले अग्रता लिएका छन्।

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ एक हजार ७१४ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसकी सपना राजभण्डारीले २०७ मतका साथ पछ्याइरहेकी छिन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीको १५४ र नेकपा एमालेका राजेश शाक्यको ११५ मत रहेको छ।

अर्कोतर्फ, काठमाडौंकै ३ नम्बर क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक हजार ४१ मतका साथ बलियो अग्रता बनाएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डेले ७४८ मतका साथ पछ्याइरहेका छन्। यस्तै, नेपाली कांग्रेसका रमेश अर्यालको २९८, नेकपा एमालेका रामेश्वर फुयालको २७९, नेपाली कम्युनिस्ट पार्टीका निरज लामाको ३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराको १६ मत प्राप्त भएको छ।

अहिले दुवै क्षेत्रमा मतगणना सुस्त तर सुरक्षित रूपमा अघि बढिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App