काठमाडौं-१ को प्रतिनिधि सभा निर्वाचनको ताजा मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपानेले अग्रता लिएकी छिन्। उनले १ हजार ३ सय २७ मतका साथ आफ्नो अग्रता कायम राखेकी छिन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले १ हजार ८९ मतका साथ पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ६ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले २ सय १० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा २९ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०२:३० शुक्रबार





