२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

नागरिक कर्मी ढुंगानालाई आर्थिक पत्रकारिता पुरस्कार

नागरिक दैनिक चितवनका संवाददाता वसन्त ढुंगाना आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उद्योग वाणिज्य संघ चितवनले आफ्नो ५९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर ढुंगानालाई पुरस्कार प्रदान गरेको हो ।  

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरे । पुरस्कार राशी ५१ हजार रहेको छ । संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । पत्रकार ढुंगाना चितवनमा रहेर एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।  

ढुंगानासँग रेडियो, टेलिभिजन, पत्रिका, अनलाइन लगायतका सञ्चार माध्यममा रहेर काम गरेको अनुभव छ । बाग्लुङको बरेङ गाउँपालिका-१ मा जन्मिएका ढुंगानाले चितवनलाई पत्रकारिताको कर्मथलो बनाएर कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि लगायत व्यवसायिक पर्वद्धनसँग सम्बन्धित विषय बनाएर कलम अगाडि बढाउँदै आएका छन् ।

प्रकाशित: १९ पुस २०८२ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App