२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

आशिका तामाङको उम्मेदवारी खारेज निराधार हो : निर्वाचन आयोग

मतदानको अघिल्लो दिन धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज गरिएको भन्ने हल्लामा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले उक्त समाचार पूर्ण रूपमा भ्रामक र निराधार रहेको स्पष्ट पारेको छ।

निर्वाचन आयोगका आचारसंहिता विभाग प्रमुख मनोज जोशी पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित समाचार सत्य नभएको बताएका छन्। तामाङको जर्मनीको स्थायी बसोबास अनुमति  रहेको आधारमा उम्मेदवारी रद्द गर्न लागिएको भन्ने दाबी गलत रहेको आयोगले जनाएको छ। आयोगले उम्मेदवारी खारेजी सम्बन्धी कुनै निर्णय नगरेको समेत बताएको छ।

पछिल्लो समय आएका समाचारहरु अपुष्ट र भ्रामक रहेको भन्दै सचेत रहन सबैमा आग्रह  गर्नुको साथै यस्ता हल्लाले निर्वाचन प्रक्रियामा अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले आधिकारिक जानकारी मात्र विश्वास गर्न आयोगले अनुरोध गरेको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App