१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नक्कली साक्षी खडा गरिएको जिकिर

बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अआलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका छन्।

सेनामा नक्कली प्रमाणपत्र छानबिन

नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्।

चार करोड ६० लाख ठगी गर्ने ६ जना पक्राउ

नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

राजस्व छल्नेविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

बजारमा नक्कली चुरोट

भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ। जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली चुरोटको बिगबिगी बढेको हो।

समस्यामा किसान

सरकारले सूचीकृत गरेको गरिमा जात (वर्णशंकर) को धानबाट राम्रो उत्पादन हुन्छ। रोपेको ९० देखि ९५ दिनमा बाला लाग्ने र १२० देखि १२५ दिनमा पाक्ने मसिनो जातको गरिमा धान प्रतिहेक्टरमा ५८ देखि ६३ क्विन्टलसम्म उत्पादन हुन्छ। तर, यस वर्ष गरिमाका नाममा नक्कली बीउ किसानलाई दिँदा फल लागेन। कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले यही नक्कली बीउ रोप्दा यस वर्ष धोका खानुप¥यो।

उपत्यकामा नक्कली नोट छाप्ने मेशिन!

उपत्यकामा नक्कली नोट छाप्ने मेशिन प्रहरीले नियन्त्रणमा लिएकाे छ। नक्कली नोट बनाउने मेसिनसहित प्रहरीले ३ जना पक्राउसमेत गरेकाे छ। पक्राउ पर्नेमा पृथ्वीराज भन्ने राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली रहेका छन्।

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला,नक्कली ऋणी पक्राउ परेपछि खुल्याे थप रहस्य!

नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै थप १० जना पक्राउ परेका छन्।

नक्कली प्रहरी बन्ने ताम्राकार नियन्त्रणमा

डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ।

सयभन्दा बढी नक्कली मोहीसँग प्रमाण माग्दैं अख्तियार

अख्तियारको सम्पर्कमा पुगेका मोहीहरूले बयानको क्रममा सक्कली मोही भएको प्रमाण पेस गर्न सकेका छैनन्।

बेइजिङमा नक्कली अरनिको !

चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा रहेको अरनिको सालिकको आडमा उभिएर फोटो खिचाएका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोले बनाएको श्वेत चैत्यको आर्डमा राखिएको सो सालिक वास्तवमा भने अरनिको होइन।

नक्कली सुन र पेस्तोलसहित लुटपाटमा संलग्न ८ जना पक्राउ

प्रहरीले लुटपाटमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौं–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्स बारभित्र लुटपाटको योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको हो।

नक्कली स्मार्ट लाइसेन्स बनाएर ठग्ने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाएर सर्वसाधारणलाई ठग्ने तीन जनालाई शुक्रवार पक्राउ गरि सार्वजनिक गरेको छ।

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्