१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सिटीइभिटीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षाबाट प्रहीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरको छ। उनीहरुले अरु ब्यक्तिको नाममा परीक्षा दिरहेको भेंटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

४० हजार नक्कली नोटसहित एक पक्राउ

उदयपुरबाट एक किशोर ४० हजार नक्कली नोटसहित बुधबार पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–५, शिवाईका १६ वर्षीय अनिल मीयाँ बुधबार बिहान एक हजार रुपैयाँका ४० वटा नक्कली नोटसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

नक्कली प्रहरी पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो।

काठमाडौं प्रशासनबाट नागरिकता फाइल जफत

सिआइबीको अनुसन्धान प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले काठमाडौं प्रशासनबाट नागरिकता जारी गरिएका सबै फाइल नियन्त्रणमा लिएको हो।

विद्यालय बसमा 'लागुऔषध' र 'नक्कली नोट' ओसारपसार

पछिल्लो समय प्रहरीले लागुऔषध तथा नक्कली नोटको कारोबार नियन्त्रणमा तीब्रता देखाएपछि तस्करहरुले फरक शैली अपनाएको खुलासा भएको छ। तस्करहरुले प्रहरीलाई छल्न पछिल्लो समय सार्वजनिक तथा विद्यालय बसको प्रयोग गर्ने गरेका छन्।

नक्कली समाचार नियन्त्रणका लागि दुई अर्ब

पूर्वी यूरोपमा बेलायत विरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पाउन्ड स्टर्लिङ (करिब दुई अर्ब ४६ करोड ६० लाख नेपाली रुपैयाँ) बराबरको बजेटको व्यवस्था गर्ने बेलायी सरकारले बताएको छ। बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ। उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन वर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन्।

नक्कली सुन र डलरलाई सक्कली भन्दै ठगी गर्ने बाह्रबिसेका दुई पक्राउ

प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ।

दुई लाख नक्कली रुपैयाँसहित दुई पक्राउ

दुई लाख नक्कली नेपाली रुपैयाँसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।

असी कम्पनीबाट साढे तीन अर्ब राजस्व छली

मजदुर अथवा कुनै सामान्य अशिक्षित व्यक्तिका नाममा कम्पनी खडा गरेर करिब सात अर्ब रुपैयाँका नक्कली बिल बिक्री गरेर राजस्व छली।

संसदीय समितिले नै छुट्याउन सकेन सक्कली र नक्कली मसला

बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्