युनुसलाई समात्न प्रहरीको चार घण्टा 'कोभर्ट' अप्रेसन
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका प्रहरीको सुराकीले दिएको विशेष सुचनाको आधारमा करोडौं भारतीय नक्कली रुपैयाँसहित युनुस अन्सारीको टोली पक्राउ परेका छन्।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका प्रहरीको सुराकीले दिएको विशेष सुचनाको आधारमा करोडौं भारतीय नक्कली रुपैयाँसहित युनुस अन्सारीको टोली पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।
ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित खड्का टोलमा रहेको गणेश मन्दिरको जग्गा हडप्न खोजेको पाइएको छ।
संसदमा नक्कली नागरिकताधारीहरूको ‘दुईतिहाइ’ पनि हुनसक्छ। राजा ज्ञानेन्द्रलाई जुन शक्तिले ‘पूर्वराजा’ बनायो, त्यही शक्तिले हामीलाई ‘पूर्वनेपाली’ बनाउने चिन्ता थपिएको छ।
काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विगतमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबार गरेर सात अर्ब रुपैयाँभन्दा बढी राजस्व छल्ने व्यापारिक घरानाहरुलाई हीकोकारबा दायरामा ल्याए पनि भ्याटको नक्कली कारोबारले निरन्तरता पाएको देखिएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी शिक्षक बनेका दिनेशकुमार पाल भेडिहरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। उनले उत्तिम नवआदर्श प्राथमिक विद्यालय, बारामा शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भाडाका सवारी साधन दर्ता गर्दा नियम वीपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई दर्ता गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।
नक्कली ब्लुबुक बनाई तत्कालीन बैँककै कर्मचारीको मिलेमतोमा करोडौँ ठगी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्धारा खटिएको प्रहरी टोलीले देव विकास बैँकका ललितपुरका शाखाका तत्कालीन प्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको हो।
गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१, स्थायी घर भएकी ३३ वर्षीया गंगा लिङ्देन लिम्बुलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा प्रमाणपत्रको विवरण पेस गरी सरकारी जागिर खाएको आरोप लगाउँदै एक प्रहरी र एक शिक्षकविरुद्ध बिशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ।
सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको प्रहरीले जनाइएको छ।
निजामती किताबखानाको उद्देश्यमा भनिएको छ, ‘सरकारका विभिन्न निकायलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारीसम्बन्धी सूचना तथा तथ्यांक उपलब्ध गराउने।’ निजामतीतर्फका सम्पूर्ण कर्मचारीको अभिलेख अद्यावधिक राख्ने किताबखानाले कर्मचारीको नक्कली प्रमाणपत्र वा अन्य व्यक्तिगत विवरणबारे शंका उत्पन्न भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउँदै आएको छ। तर, त्यस्तो जिम्मेवार निकायको हाकिम नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको प्रमाणित भएका व्यक्ति छन्।
नक्कली सुन काराेकार गर्ने पाँच जना व्यापारीलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले गौमुल गाउँपालिकाकाे सहयाेगमा उनीहरुलार्इ नियन्त्रणमा लिएकाे हाे।