१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा समेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली प्रहरी पक्राउ

आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेका छन्।

नक्कली स्याम्पु र मसलासहित सञ्चालक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ। परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो।

नक्कली सुन दिई ४० लाख ठगी गर्ने ६ पक्राउ

कार्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्।

नक्कली नोट छाप्ने मेसिनसहित मच्छेगाउँबाट ५ जना पक्राउ

नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामग्रीसहित कीर्तिपुर नगरपालिका ४ स्थित मच्छेगाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ।

प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

नक्कली प्रमाणपत्र बनाएको आरोपमा जाजरकोटमा एक जना विद्यार्थी र कम्प्युटर संचालकलाइ प्रहरीले पक्राउ गरेको छ।

६० हजारमा नक्कली नागरिकता

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

नक्कली पेस्तोल र खैरो हेरोइनसहित ३ जना पक्राउ

महानगरीय प्रहरी वृत बौद्धले नक्कली पेस्तोल र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माईका २३ वर्षीय सञ्जय समाल मगर, मोरङ पथरीका २४ वर्षीय सन्तोष लिम्बु र झापा सताक्षीका २४ वर्षीय युगेश राई रहेका छन्।

नक्कली क्रेडिट कार्ड बनाई रकम झिक्ने ५ पक्राउ

विभिन्न देशका व्यक्तिहरुको क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका विभिन्न वैंक खाताबाट रकम निकाल्ने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

नक्कली सुनसहित नागढुंगाबाट ६ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।

नक्कली सर्टिफिकेटले जागिर खाने सई र शिक्षिकाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्