१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली क्रेडिट कार्ड बनाई रकम झिक्ने ५ पक्राउ

काठमाडाैं - विभिन्न देशका व्यक्तिहरुको क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका विभिन्न वैंक खाताबाट रकम निकाल्ने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। वैंक मार्फत उपलव्ध गराईएको  पीअाेएस, डाटा कार्ड रिडर मेसीन र एमएसअार मेसीन प्रयोग गरी रकम निकाल्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौं ठमेल संचयकोष अगाडिको ओसिस होटलबाट प्रहरीले पक्राउ गरको हो।

पक्राउ पर्नेमा काभ्रे तिमाल ९ का ३४ वर्षीय बिजयदोङ लामा, दिल्ली टिटि बलजितनगर बस्ने २८ वर्षीय बिटु गौतम, काठमाडौं महानगरपालिका १७ का ३२ वर्षीय अनुज नकर्मी, भारतको दिल्ली ओमबिहार बस्ने ३२ वर्षीय बिकास गोसाई र भारत खरिपाई हाउस भोदारीकन्ती चालकुडी बस्ने ३४ वर्षीय जिन्टुजोए रहेका छन्।

उनीहरुबाट प्रहरीले डाटा कार्ड रिडर मेसीन १ थान, एमएसअार मेसीन १ थान, पीअाेएस मेसीन ४ थान, ल्यापटप २ थान , नक्कली डेविड र क्रेडिटकार्ड १ सय १९ थान र मोवाईल ५ थान बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ। 

 

प्रकाशित: २५ भाद्र २०७५ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App