१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ।

द्वन्दपीडितको नक्कली सिफारिस बनाइदिन दबाब

मंगलबार सत्रमा राष्ट्रिय ट्रमा सेन्टरको बहिरंग विभागमा डा. भोजराज अधिकारी बिरामी जाँचिरहेका थिए। करिब ११ बजेतिर तीन जना व्यक्ति सरासर उनको कार्यकक्षमा आए। सो समूहमा एक महिला र दुई पुरुष थिए।

नक्कली पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी पक्राउ

नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो।

नक्कली मलबिउ दिए हर्जना तिर्नुपर्ने

कुनै पनि कम्पनीले किसानलाई नक्कली बिउ, मल दिएर फसल नलागेमा सोही कम्पनीले हर्जना तिर्नुपर्ने भएको छ। किसानलाई गलत तरिकाले खेती गर्न सिकाउँदै जथाभावी मल, बिउ बाँडेर बाली उत्पादनमा कमी आएमा सम्बन्धित पक्षले क्षतिपूर्ति दिनुपर्ने भएको हो।

कोरियन भाषा परीक्षा : ४७ नक्कली विद्यार्थी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

राजधानीमै नक्कली पैसा छाप्ने मेसिन!

दुई करोड ६० लाख ६३ हजार नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पक्राउ पर्नेमा प्रकाश सुवेदी, महेन्द्र बोगटी, माधव वाग्ले, विकेस नातिफ, साजन तामाङ र सुजित तामाङ पक्राउ परेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो।

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ।

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई अाइतबार पक्राउ गरेको हो।

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

गोरखाकी २७ वर्षिया रमिता ढुंगाना (नाम परिवर्तन) ले आमालाई उपचारका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेकी थिइन्। आमाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी केही दिन अस्पतालमै बस्नुप-यो। केही दिनको अस्पताल बसाइपछि आमाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्