१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्लाको हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेनाबाट निष्काशित कोइरालाद्वारा नक्कली डाक्टर बनेर बलात्कार

आमाको उपचारका लागि गंगालाल अस्पतालमा आएकी एक महिलालाई नक्कली डाक्टर बनेर बलात्कार गर्ने सेनाका भूपु जवानलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली नोटको विगविगी: जाली नोटसहित छ पक्राउ

प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

सहजै बन्छ नक्कली नागरिकता

भारत, बंगलादेशलगायतका विदेशी नागरिकले पछिल्लो समय नेपाली नागरिकता प्राप्त गर्न सप्तरी, सुनसरी जस्ता जिल्लालाई निकै सहजरूपमा प्रयोग गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन तथा स्थानिय तहका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूले नेपाली नागरिकता लिने गरेको प्रहरीकै दाबी छ ।

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

जिल्ला प्रशासनमा कार्यालयमा नक्कली नोट फेला

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ ।प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई साढे २१ लाख जरिवाना

नेपाल धितोपत्र बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटिज प्रालिलाई हाइड्रोपावर कम्पनीहरुको नक्कली सेयर कारोबार प्रकरणमा १०–१० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । सोही कसूरमा यी कम्पनीका कार्यकारी प्रमुखलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको बोर्डले जनाएको छ । सोही प्रकरणमा बोर्डले अर्को दलाल कम्पनी सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना र यसका कार्यकारी प्रमुखलाई सचेत गराएको छ ।

नक्कली कागजात बनाएको अभियोगमा शाखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ।

नक्कली सुन देखाई ठगी गर्ने दुई पक्राउ

महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो।

चुनाव बिथोल्न नक्कली बम आतंक

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन विथोल्न  निवर्चान विरोधीहरूले नक्कली बम राखेर तर्साउने गरेको पाइएको छ । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। “करिब ९÷१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने, “सबै नक्कली मात्रै भेटिएका छन् ।”

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ। बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए।

सरकारी कागजात नक्कली बनाउने गरेको आरोपमा दुई पक्राउ

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।

नक्कली फेसबुक ‘आइडी’ बनाएर दूरुपयोग गर्ने पक्राउ

नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

बैंकबाट झिकेको पैसाको बन्डलमा नक्कली नोट भेटियो

भक्तपुरमा एक हजार रुपैयाँको एउटा नक्कली नोट फेला परेको छ। नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुरबाट दिएको रकमको बण्डलको बीचमा एउटा नक्कली नोट भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्