२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

बरामद गरिएका नक्कली अाैषधि । तस्विर : विनाेद/नागरिक

विराटनगर - विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो। 

विराटनगरका फर्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको सुचनाका आधारमा विराटनगरका फार्मेसीमा छापा मार्दा नक्कली औषधिसमेत बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार विशेष सुचनाका आधारमा विभिन्न फार्मेसीमा प्रहरीले छापा मार्दा नक्कली औषधिसहित तीन जना पक्राउ समेत परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता निशान थापाका अनुसार पक्राउ पर्नेहरूमा भारतीय कम्पनीको औषधि भन्दै  विराटनगरका फर्मेसीहरूलाई नक्कली औषधि बिक्रि गर्ने सुनसरी धरान ४ का जीवन अग्रवाल, विराटनगर १० का दिपककुमार राय र सप्तरी माहुली ५ का प्रशान्तकुमार चौधरी रहेका छन्।

पक्राउ परेका अग्रवालको साथबाट विभिन्न ब्राण्डका नक्कली औषधि ,नक्कली विल र औषधिमा टाँसिने लेभलहरू बरामद भएका छन्। पक्राउ परेका व्यक्तीहरूले विराटनगरको लङलाइफ फर्मेसी, माहुली फार्मेसी, लाइफ सपोर्ट फार्मेसी, मेडिप्लस फार्मेसीलगायतबाट आइसीयु र अस्पतालको आकस्मीक सेवामा प्रयोगहुने औषधिहरू बिक्रि बितरण गर्दै आएका थिए।

उनिहरूले औषधि आपूर्ति गर्ने फार्मेसीहरूबाट विभिन्न ६६ किसिमका  ९ सय ७१ बट्टा औषधि बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएका  नक्कली औषधिहरू विराटनगर स्थित औषधि व्यवस्था विभागमा अनुसन्धान तथा कार्वाहीका लागि पठाइएको मोरङ प्रहरी प्रबक्ता थापाले जानकारी दिए। विराटनगरमा भारतीय ब्राण्डका औषधिलाई गुणस्तरीय मानेर खरिद गर्ने उपभोक्ताहरू धेरै छन्। तर, भारतीय कम्पनीका नक्कली औषधि बिक्रि बितरण हुने गरेको तथ्य सार्वजनिक भएसँगै उपभोक्ताले सचेत हुनुपर्ने देखिएको छ।

नक्कली औषधि बिक्रि बितरण गर्नेहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विराटनगरका फर्मेसीलाई नक्कली औषधि बेच्नेहरूले अन्यत्र पनि बिक्रि गरेको हुन सक्ने भएकाले संभावित औषधि पसलहरूमा प्रहरीले निगरानीलाई निरन्तरता दिने थापाले बताए। पक्राउ परेकाहरूलाई औषधि ऐन २०३५ अनुसार कार्वाही हने थापाले जानकारी दिए। 

प्रकाशित: १४ श्रावण २०७५ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App