२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

नक्कली सुन र पेस्तोलसहित लुटपाटमा संलग्न ८ जना पक्राउ

काठमाडौं– प्रहरीले लुटपाटमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौं–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्स बारभित्र लुटपाटको योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको हो।

फरार खोजतलासको क्रममा १ जना गरि जम्मा ८ जनालाई लुटपाटमा प्रयोग भएका हरियार र सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपाली सेनाका भगौडाा गोरखा अजिरकोट गाउँपालिका घर भई हाल हाई रेष्टुरेन्ट एण्ड डान्स बार संचालक ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वर गाउँपालिका १ घर हाल हाई रेष्टुरेन्ट एण्ड डान्स बार संचालक २९ वर्षीया रामबहादुर तामाङ, नुवाकोट विदुर नगरपालिका १० घर भई  हाल हाई रेष्टुरेन्ट एण्ड डान्स बार संचालक २५ वर्षीय धर्म राज तामाङ, गुल्मी ईस्मा गाउँपालिका–५ घर भएका हाल हलचोक बस्ने ३० वर्षीय युवराज भण्डारी, रसुवा छेदिङमो गाउँपालिका–४ स्थायी घर भई हलचोक बस्ने २९ वर्षीय योर्साङ घले, धादिङ खनिवास गाउँपालिका–५ घर भई टोखा जरङ्गु बस्ने हाई रेष्टुरेन्ट एण्ड डान्स बार संचालक २७ बर्षीय विजय  तामाङ, नुवाकोट विदुर नगरपालिका–७ घर भई हाल काँडाघारी बस्ने ३० वर्षीय पिटर तामाङ हाल हाई रेष्टुरेन्ट एण्ड डान्स बार संचालक, नुवाकोट तारकेश्वर  घर भई हाल बौद्द बस्ने ३० वर्षीय राजन तामाङ पक्राउ परेका हुन्।

उनीहरुको साथबाट चाईनिज पेस्तोल २ थान, उक्त पेस्तोलमा लाग्ने २ थान म्यागजिन, सोको गोली  ४ राउण्ड, नक्कली सुन १ केजी, फलाम काटने औजार १ थान, लुटिएको पर्स, एटिएम कार्ड, मोबाइल ९ सेट, लुटिएको कपडालगायत पछाडी बोक्ने झोला १ थान र मोटर साइकल ४ वटा बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुले भदौ १९ गते सामाखुसी बसपार्कस्थित मुस्ताङ गेष्ट हाउसमा पुगेर प्रहरी हौं भन्दै धम्क्याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त गेष्ट हाउसको कोठा नं ४०४ मा गई नवलपरासी वद्रघाट–१५ घर भई बालकृष्ण सुनचाँदी पसल सञ्चालन गर्ने योगेश विकको टाउकोमा पेस्तोल राखी तर्साएका थिए। विकलाई उक्त समूहले आफुसँग सुन रहेको र पैसा लिएर आउन भनेका थिए।

प्रकाशित: २२ भाद्र २०७६ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App