पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।
पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।
विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरोमा यतिबेला दिनमा डेढसय हाराहारीमा पदयात्री उक्लिरहेका छन्। हुन त यो बेला पर्यटकीय सिजन पनि हो, त्यसैले पदयात्रामा जाने पर्यटकको संख्या अहिले भन्दा अझै धेरै हुनुपर्ने हो। तर, कोरोना भाइरस संक्रमणले शुन्यमा झरेको आगमनमा सुधार हुँदै गर्दाको अहिलेको आगमन मध्यम आकारको मान्न सकिने व्यवसायी बताउँछन्।
ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ।
पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।
पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटक समेत सो लेकमा पुग्न थालेका छन्। गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ।
आर्थिक वर्ष २०७९।८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।
सातखाल्डे खेलमैदान सजाएर चिरिच्याट्ट पारिएको छ । स्थानीय विशेषता झल्काउने वस्तुको पृष्ठभूमिमा ‘सन्दकपुर’ लेखिएको स्तम्भ मैदानको बीचभागमा ठड्याइएको छ।
हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।
पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ।
महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्।
यो बेला पर्यटन क्षेत्र कमजोर रहेको गुनासो पर्यटन व्यावसायीको छ। सिजनमा पनि विदेशी पाहुना नआएको व्यावसायीले बताउने गरेका छन्। विदेशी बाहेक आन्तरिक पाहुनाको आगमन पनि सोचेजति हुन नसकेको उनीहरुको भनाई छ। पाहुनाविहीन अवस्थामा रहनुपर्दा पर्यटन क्षेत्रले सकस भोगिरहेको व्यवसायीले बताउँदै आएका छन्। पाहुनाको यही अभावलाई केही कम गर्न भन्दै यहाँस्थित लेकसाइडमा बुधबारदेखि १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ।
पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्।