१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।

नेपाल प्रहरीको विशेष एकाइको रूपमा रहेको पर्यटक प्रहरीमा कार्यरत प्रहरी कर्मचारी तथा पर्यटन क्षेत्रमा आवद्ध प्रहरी कर्मचारी समेतको कार्यदक्षता अभिवृद्धि गर्न तालिम सञ्चालनका लागि दुई संस्थाबीच उक्त सम्झौता भएको पर्यटक प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताएका छन्।

दुई संस्था बीचको सहकार्य र समन्वयले आगामी दिनमा पर्यटन क्षेत्रसँग सम्वद्ध जनशक्ति विकास, सूचना आदानप्रदान, समन्वय तथा सहयोगको लागी कोसेढु्ङ्गोको रूपमा स्थापित हुने बताउँदै प्रहरी नायव उपरीक्षक श्रेष्ठले नागरिकसँग भने ‘यस तालिम पछि प्रहरी कर्मचारीको पेशागत दक्षतामा वृद्धि हुने र विदेश पर्यटकहरूलाई प्रदान गरिने सेवा अझ बढी प्रभावकारी हुने विश्वास लिएको छु।’

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा प्रहरी प्रहरी प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरिक्षक गोविन्द थपलिया, पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका तर्फबाट ट्राभल एण्ड रिर्सच विभागका प्रमुख अजयकुमार ढकालले प्रतिष्ठानका प्रहरी निरीक्षक सूर्य बोगटी र पर्यटन विभागका शाखा अधिकृत यशोदा अर्यालको रोहबरमा हस्ताक्षर गरेका छन्।

प्रहरी नियमावली २०७१ को अनुसूची १० (ग) मा सेवाकालीन समूहगत तालिम र अनुसूची ४ (थ) मा प्रहरी व्यवस्थापन पर्यटक प्रहरी तालिमको प्रबन्ध गरिएको छ। पर्यटक प्रहरी स्थापना भएको ४६ वर्ष पुगिसक्दा पनि अहिलेसम्म कुनै तालिम सञ्चालन हुन नसकेकाले तालिम आवश्यक भएको महसुस गरी नयाँ पाठयक्रम निर्माण गरेर आर्थिक वर्ष २०८०/२०८१ बाट सञ्चालन गर्ने तयारी गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

प्रहरी नियमावली २०७१ को अनुसूची १० (ग) मा सेवाकालीन समूहगत तालिम र अनुसूची ४ (थ) मा प्रहरी व्यवस्थापन पर्यटक प्रहरी तालिमको प्रबन्ध गरिएको छ।

यसै क्रममा उनले नाथमबाट पर्यटन र सरकारी क्षेत्रका ३५ जना पदाधिकारीलाई ‘पर्यटन तथा सत्कार’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल प्रहरीबाट ३० जना वरिष्ठ प्रहरी अधिकृत र पर्यटक प्रहरीका ५ जना गरी जम्मा ३५ जना तालिममा सहभागी भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। 

प्रकाशित: २० वैशाख २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App