१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु

रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन्।

‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, सोही क्रममा मृत्यु भएको रहेछ’, ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरले भने।

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८० ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App