२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० मा

अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ। दुई संस्करण आयोजनासँगै कोभिडले रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जेठ २० गते आयोजना गरिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समिति जेठ १७ देखि २० गतेसम्म तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव-२०८० गर्ने तयारीमा जुटेका छन्। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।

अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ।

अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्न यस वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ। अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने विश्वाससमेत आयोजक समितिले गरेको छ।

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु हुनेछ। माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन हुनेछ।

अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्न यस वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ मनाउने गरिन्छ। सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको प्रतियोगिताका संयोजक ललित गुरुङले जानकारी दिए।

तेस्रो संस्करणमा आइपुग्दा महिलाको इभेन्टलाई पनि समेटिएको छ। म्याराथन पुरुषतर्फ विजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो हुने धावकले १ लाख र तेस्रो हुने धावकले नगद ७५ हजार प्राप्त गर्नेछ। महिलातर्फको विजेताले नगद ७५ हजार राशि पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। दोस्रो हुने धाविकाले ५० र तेस्रो हुनेले नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

तेस्रो संस्करणमा आइपुग्दा महिलाको इभेन्टलाई पनि समेटिएको छ। म्याराथन पुरुषतर्फ विजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवकै अवसरका आयोजित गाउँस्तरीय बास्केटबल प्रतियोगितामा पुरुषतर्फ विजेताले नगद ८० हजार र उपविजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। पुरुष खुला बास्केटबल प्रतियोगितामा पनि ८० हजार र दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ।

आन्तरिक पर्यटकको गन्तव्य बनेको घान्द्रुकमा पर्यटकका लागि घोडा चढेर गाँउ सयर गर्ने व्यवस्था समेत मिलाइएको छ। अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव-२०८० लागि करिब ८० लाख रुपियाँ खर्चको अनुमान गरिएको छ। 

प्रकाशित: ६ जेष्ठ २०८० ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App