२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुलपुलेसाको क्षतिले रोकिएको हिँड्डुल

गण्डकी प्रदेशमा मात्र बाढीपहिरोले दर्जनौ पुल बगेका छन् । मोटर गुड्ने सहित झोलुंगे र पक्कि पुल तथा अस्थायी प्रकृतिका काठेपुल बाढीमा बग्दा जिल्लामा एकअर्का गाउँबीचको आउजाउको सम्पर्क टुटेको छ । त्यसले नागरिकमाथि सास्ती थपेको छ ।

वाह, क्या गज्जब प्रतिवेदनप्रेमी सरकार!

प्राकृतिक विपत्तीका रुपमा रहेका विभिन्न नामका विपत्तीहरु ठूला र दीर्घकालीन समस्या हैनन्, जसलाई समाधान गर्न सकिन्न, समस्या त ती हुन्, जुन समस्या समाधानका लागि भनी करौडौं खर्च गरी प्रतिवेदन तयार गरिन्छ, समस्यासँगै समाधानको उपाय खोजिन्छ, तर त्यसलाई कार्यान्वयनका लागि एक सिन्का भाँचिदैनन्, त्यो काम गर्नका लागि अवरोध खडा गर्ने अवरोधकहरु नेपालीका लागि सबैभन्दा ठूलो समस्या बनेको छ।

झापामा अत्यधिक वर्षा

भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ। यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–७ गोहोरेमा पहिरोले घर पुरिँदा वृद्ध दम्पत्तिको मृत्यु भएको छ ।

धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृत्यु, ६ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ।

पूर्वी चितवनमा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्।

पहिरोमा पुरिएर तनहुँमा दुईजनाको ज्यान गयो, राजमार्ग अवरुद्ध, भारी वर्षा जारी

भारी वर्षापछिको पहिरोले घर भत्काउँदा पुरिएर तनहुँमा दुईजना महिलाको ज्यान गएको छ। पहिरोले पृथ्वी राजमार्ग अववरुद्ध पुर्‍याएको छ भने ठाउँठाउँमा घर भत्किएका छन्। पहिरोले धान खेत पनि कटान गरेको छ।

बाढीपहिरोले अत्तालिएको मनाङ

हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आउजाउ रोकिने जस्ता क्षणिक अप्ठेरो भोग्ने गरेको यो हिमाली जिल्लालाई बाढीपहिरोले अत्याएको पहिलो पटक हो ।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ”, उनले भने, “हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ।”

पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

‘घटनास्थल एकदमै दुर्गममा छ। सडक छैन। लाश पोष्टमार्टम गर्नका लागि अस्पताल लैजानै कठिन भएको छ ।’ डिएसपि सुवेदीले भने ‘समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीलाई भनेको छु। घटनास्थलमा प्रहरीले घाईतेको उद्धार गरिसकेको छ।’

पहिरोले ग्रामिण सडक अवरुद्व

धेरै ठाउँमा पहिरो जाँदा ग्रामीण सडक अवरुद्ध भएका हुन्। बर्खामा कच्ची सडक पहिरो र हिलाम्य हुँदा यातायातका साधन चल्न नसक्दा स्थानीयले सास्ती भोग्दै आएका छन्।

यो वर्ष बाढीपहिरोको उच्च जोखिम, तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ।

बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ।

विपदमा प्रदेश सरकारको खेलाँची

लगातार वर्षासँगै कर्णालीका सयौं घर बाढी र पहिरोको उच्च जोखिममा छन्। प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता दुई सय ६७ जनाभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्