९ आश्विन २०८१ बुधबार
image/svg+xml

माछापुच्छ्रे को बजेट ६२ करोड ६७ लाख

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले ६२ करोड ६७ लाख ६९ हजार दुई सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको बजेट भन्दा झन्डै आठ करोड ६७ लाखले कम हो ।

महानगरको बजेट तीन अर्ब ३७ करोड

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८का लागि तीन अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित छैठौं नगरसभामा तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट नीति तथा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको हो ।

गन्जला पासका लागि आएको बजेट यो वर्ष पनि फिर्ता

पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट यो वर्ष पनि फिर्ता भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो ।

रुपा गाउँपालिका योजना ‘कृषि वर्ष’ मनाउने

कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने जनाएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिको लागि १ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।

सिम्रौनगढको चौथो नगरसभामा साढे ४४ करोडको बजेट प्रस्तुत

आर्थिक वर्ष २०७७/०७८ को लागि सिम्रौनगढ नगरपालिकाले चौथो नगर सभाबाट समाजिक सुरक्षा भत्ता बाहेक ४४ करोड ४५ लाख ३२ हजार बजेट प्रस्तुत गरिएको छ ।

बजेट सिध्याउन असारमा कामको चटारो

वर्षभरीका १२ महिनामा फुर्सदमा झै वसिरहने र असारको झरीमा हतार हतारमा काम गर्ने वर्षौदेखिको परम्परागत समस्या हो । देश संघीयतामा गएर तीन तहका सरकार बनेपछि विकासको बाधक रहेको यो ‘असारे विकास’ टुट्ने धेरै आशा गरेका थिए । तर यो क्रम टुट्न सकिएको छैन ।

गण्डकी प्रदेशको बजेट खर्च ३९ प्रतिशत

गण्डकी प्रदेशमा हालसम्म करिब ३९ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको करिब एक महिना अवधी बाँकी रहँदा अर्थात असार ५ गतेसम्ममा ३८.६० प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

अनुदान रकम किसानकै खातामा

झन्झटिलो अनुदान कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था।

आउँदो बजेटमार्फत ताप्लेजुङका लागि छानिए २ सय ८३ योजना

आर्थिक वर्ष २०७७।०७८ को बजेटमार्फत ताप्लेजुङका लागि २ सय ८३ वटा योजना छानिएका छन् । सबैभन्दा बढी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,वन वातावरण र भौतिक पूर्वाधार मन्त्रालयका छन् । वन तथा वातावरण मन्त्रालयमार्फत ६९, पर्यटन मन्त्रालयमार्फत ६२ र भौतिक पूर्वाधार मन्त्रालयका ४१ वटा योजना छानिएका छन् ।

‘असोजमा कोरोना नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएका हौं’

गण्डकी प्रदेश सरकारले असोजमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएको जनाएको छ ।

प्रदेश ५ को बजेट : आर्थिक समृद्धि, कृषि र रोजगारी

बजेटमा आगामी आर्थिक वर्षमा प्रदेशको ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको छ । प्रदेशको स्वास्थ्य पूर्वाधारमा सुधारसँगै सेवामा पहुँच वृद्धि हुने, कृषि, उद्योग, पर्यटन, सिँचाइ, खानेपानी, सडक तथा शिक्षालगायतका क्षेत्रमा गरिएको लगानीबाट अर्थतन्त्रमा गतिशीलता आई समृद्ध प्रदेश र खुसी जनता लक्ष प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बजेटको अभावमा सिँचाइ सुविधा अधुरै

सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका –९ र १० का स्थानीयवासीको सपना अझै पुरा हुँन सकेको छैन।

थोरै बजेटमा धेरै काम

उपभोक्ता समितिले कामै नगरी पैसा सक्छन् ’ पछिल्लो समय धेरैतिर सुनिने एउटै साझा गुनासो हो ‘जनप्रतिनिधिले आफ्ना मान्छेलाई छानिछानि समितिमा राखेर योजनामा व्यापक भ्रष्टाचार गर्छन्, पैसा खानकै लागि समितिमा बस्न कार्यकर्ता मरिहत्ते गर्छन् ।’

एक करोड २६ लाखको अनुमानित बजेट तयार

चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सवा करोड भन्दा बढीको बजेट तयार गरेको छ । क्बलले आगामी वर्षको लागि कुल एक करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको जनाएको छ ।

विकास खर्चको कन्तबिजोग

सरकारले चालु आवलाई विकास बजेट चार खर्ब ८ अर्ब रुपैयाँ छुट्याएको छ। आव सकिन एक महिना बाँकी हुँदा एक खर्ब २६ अर्ब रुपैयाँ मात्र खर्च भएको छ। यो लक्ष्यको तुलनामा ३० प्रतिशत हो। आयोजना सञ्चालन र खर्च गर्ने प्रणाली सुधार नगरेसम्म यथार्थ योभन्दा भिन्न हुनेछैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्