८ वैशाख २०८१ शनिबार
अर्थ

सिम्रौनगढको चौथो नगरसभामा साढे ४४ करोडको बजेट प्रस्तुत

चौथो नगर सभामा सहभागी रहेका नगर प्रमुख बिजयशंकर यादवसहित नगर पालिकाका पदाधिकारी।

आर्थिक वर्ष २०७७/०७८ को लागि सिम्रौनगढ नगरपालिकाले चौथो नगर सभाबाट समाजिक सुरक्षा भत्ता बाहेक ४४ करोड ४५ लाख ३२ हजार बजेट प्रस्तुत गरिएको छ ।  

सिम्रौनगढ नगरपालिकाको सभाहरुमा आयोजना गरिएको नगर सभामा संघीय सरकारबाट सशर्त र विकास अनुदान गरेर ३५ करोड, राजश्व बाडफाड, आन्तरिक स्रोत र प्रदेश सरकारबाट लगभग साढे नौ करोड आम्दानी आउने अनुमान गरिएको छ।

सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकर यादवले प्रस्तुत गरेका बजेटमा चालु तर्फ नौ करोड ६ लाख २८ हजार बिनियोजित गरिएको छ भने पुँजिगत  तर्फ ३५ करोड  ३९ लाख बिनियोजित गरिएको बताइएको छ ।

समाजिक विकास तर्फ तीन करोड ६० लाख, आर्थिक विकास तर्फ एक करोड १६ लाख २० हजार, भौतिक पूर्वाधार तर्फ १० करोड २५ लाख, वातावरण तथा विपत व्यवस्थापन तर्फ एक करोड ६८ लाख, संस्थागत विकास तर्फ एक करोड ५० लाख लाख, ११ वडाहरुमा ८५ लाखको दरले रकम बिनियोजन गरिएको नगर प्रमुख यादवले बताएका छन्।

सिम्रौनगढ नगरपालिकाका उपप्रमुख रिमा देवी कुश्वाहा नेतृत्मा चौथो नगर सभालाई बहिस्कार गरिए पनि नगर सभामा रहेका सदस्य ६० जना सदस्यहरु मध्ये बहुमत सदस्यहरुले नगर सभामा सहभागी रहेको दावी नगर प्रमुख यादवले गरेका छन्।

प्रकाशित: ८ असार २०७७ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App