स्कुल भ्यानसहित दश सवारी साधन एकापसमा ठोक्किदा १५ जना घाइते
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा काठमाडौं वल्ड स्कुलको भेन दुर्घटना भएको छ। दुर्घटनामा परी नौ जना विद्यार्थीसहित १५ जना घाइते भएका छन्। स्कुलको गाडीले अगाडिको गाडीलाई ठोक्किनबाट बचाउन ब्रेक लगाउदा पछाडि आइरहेका दश वटा सवारी साधनहरु एक आसपमामा ठोक्किएका थिए।