९ आश्विन २०८१ बुधबार
image/svg+xml

पत्रकार अग्रपंक्तिमा परेनन्

कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा खट्ने जनशक्तिलाई दिने निर्णय सरकारले गरेको छ । तर सधैं अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सरकारले अग्रपंक्तिमा राखेको छैन ।

साताभित्र भारतबाट खोप आउने

भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको महाशाखाले जनाएको हो।

कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्योः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन्।

पूर्वाधारमा खर्च पुगेन

कोभिड–१९ का कारण एक वर्षदेखि थलिएको अर्थतन्त्रमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले झनै समस्या थपेको छ । यही बेला अर्थ मन्त्रालयका अधिकारीहरू चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा जुट्न थालेका छन् ।

खोप खरिदमा निजी क्षेत्र पनि समेट्छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।

‘खोप कहिले आउने ठेगान छैन’

छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्।

बसपार्क टर्मिनल भवनको काम पछि धकेलियो

डेढ वर्षभित्र बनाइसक्ने लक्ष्यका साथ थालिएको सदरमुकामस्थित ‘त्रियुगा बसपार्क’को टर्मिनल भवन कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको छ । कतिपय विकासे ठूला योजना म्याद नाघिसक्दा पनि काम नभएर अलपत्र परिरहेको अवस्थामा यहाँको टर्मिनल भवन भने म्यादभित्रै सक्नेगरी काम गर्दागर्दै कोभिड आइपरेपछि केही ढिला हुने देखिएका छ ।

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ।

कोभिड–१९ का कारण प्रेस स्वतन्त्रता प्रभावित

विश्वव्यापी महामारी कोभिड–१९ ले दक्षिण एसियाको प्रेस स्वतन्त्रतामाथि अभूतपूर्व चुनौती उत्पन्न गराएको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

लापरबाहीले कोभिड–१९ को मृत्युदर बढ्दो

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ ।

‘कोरोनाको परिवर्तित बेलायती रूपलाई खोपले नरोक्न सक्छ’

एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन्।

यसरी बन्यो कोभिड–१९ को प्रभावकारी खोप

डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड–१९ भनिने सार्स–कोभ–२ भाइरसका जम्माजम्मी तेह्र खोप अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ । त्यसमा धेरै खोप परीक्षण चरण पार गरी सर्वसाधारणले लगाउनसमेत सुरु गरेका छन् ।

नेताका भनाइ र गराइ

आफ्नै देशको राष्ट्रिय झण्डा बोकेर निस्केका स्वस्फूर्त जनतालाई फोहोरमा फर्कने गद्दार, प्रतिगामी वा दलाल देख्ने तन्त्र पनि लोकतन्त्र हुन्छ र ?

रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्