७ वैशाख २०८१ शुक्रबार
समाज

कोभिड–१९ का कारण प्रेस स्वतन्त्रता प्रभावित

विश्वव्यापी महामारी कोभिड–१९ ले दक्षिण एसियाको प्रेस स्वतन्त्रतामाथि अभूतपूर्व चुनौती उत्पन्न गराएको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।  

वर्ड प्रेस इन्सिच्यूट (आइपिएस) ले गरेको एक अध्ययनले नेपालसहित दक्षिण एसियाली मुलुकमा कोभिड–१९ संकटले प्रेस स्वतन्त्रतामाथि चुनौती उन्पन्न गराउनुका साथै मिडिया क्षेत्रलाई अनिश्चिततातर्फ ढकेलेको जनाइएको छ। उक्त संस्थाले कोभिड संकटपछि विश्वभर नै जनताको आवाजलाई कमजोर बनाउन राज्यहरूले प्रेस स्वतन्त्रतालाई दबाउने कोसिस गरेको जनाइएको छ।  

राज्यका निकायहरूले महामारीसम्बन्धी जानकारी र बहसहरूलाई रोक लगाउन मिडियामाथि नियन्त्रण गर्न खोजेको जनाइएको छ। स्वतन्त्र मिडियाहरूका गलत सूचना नियन्त्रण गर्ने आफ्नै कानुनहरू हुँदा हुँदै पनि सरकारी संयन्त्रहरूले त्यसमाथि आपतकालीन नियमहरू लागु गरेको रिपोर्टमा जनाइएको छ। कैयौँ मुलुकहरूमा स्वतन्त्र मिडियाका पत्रकारहरूलाई पत्रकार सम्मेलनमा पहुँच नदिने, आधिकारिक सूचनालाई सीमित गर्ने र सरकारी निकायले उपलब्ध गराउने तथ्याङकको प्रयोगमा पनि सरकारी नियम लादने काम भइरहेको रिपोर्टमा उल्लेख गरिएको छ।  

आइपिएसले एसिया प्रशान्त क्षेत्रमा कोभिड–१९ सँग जोडिएका प्रेस स्वतन्त्रता उल्लंघन सम्बन्धी झण्डै दुई सय घटना भएका र त्यसमध्य एक सय ७ वटा घटना दक्षिण एसियाली मुलुकहरू बंगलादेश, भारत, पाकिस्तान र नेपालका रहेको जनाएको छ। त्यसमध्ये ७१ जना पत्रकारहरू महामारी र यसको परिणामका बारेमा रिपोर्टिङ गरेका कारण गिरफ्तार भएको, ३२ जनामाथि भौतिक आक्रमण र धम्की आएको जनाइएको छ। प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटना भारतमा भएको रिपोर्टमा जनाइएको छ। ‘सन २०२० मा आइपिएसले भारत, पाकिस्तान, बंगलादेश र नेपालमा स्वतन्त्र मिडिया र पत्रकारविरुद्ध स्वीकार्य नहुने तहका आक्रमण भएका घटनाको परिवेक्षण गरेको थियो। 

पछिल्ला केही वर्षमा यस क्षेत्रमा प्रेस स्वतन्त्रतालाई सिमित गर्न खोजिएको छ,’ आइपिएसका कार्यकारी निर्देशक बारबरा त्रिअनफिले भने। आइपिएसले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघन सम्बन्धी १० वटा घटना भएको र त्यसमध्ये ६ वटा घटनामा पत्रकारमाथि आक्रमण भएको र चार जना पत्रकार गिरफ्तार भएको जनाएको छ।

प्रकाशित: १७ पुस २०७७ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App