२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सांस्कृतिक धार्मिक आस्था जोडिएको मालश्री धुन

हामी नेपालीहरूको महान पर्व बडादसैं शक्ति सञ्चय गर्ने समय हो। हामी मुख्य रूपमा नौ दिनसम्म शक्ति स्वरूपा माता भगवती दुर्गा भवानीको नौ रूपको पूजा आराधना गर्ने गर्छौ। यस समयमा बजाइने–गाइने भक्ति संगीत नै मालश्री धुन हो।

बूढो समय र बाबुराम श्रेष्ठ यात्री

साहित्यकार बाबुराम श्रेष्ठ यात्री कवितामा सरल शब्दसँग बगेका छन्। भाषा सरल नेपाली रहेको छ। कवितामा चुम्बकीय आकर्षण छ। पुस्तक पढेपछि पढिरहूँ लाग्छ। कवि बाबुराम श्रेष्ठ यात्रीको सफल साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु।

सबैको जीवनमा बाआमाको खुसी कहाँ मिल्छ र!

आमाबा जीवित भगवान् हुन्। सबैको भाग्यमा आमाबाको सुख लेखेको हुँदैन र सबैको भाग्यमा सन्तानको सुख पनि लेखेको हुँदैन।

बजार अहिले ‘प्रदर्शनीमा’ छ

बजार अहिले ‘प्रदर्शनीमा’ छ चनाखो आँखाहरूको भीडले नियालिरहेछन् बजारको प्रदर्शनी। मानिसहरूसँग चाहिएका सामानहरूको लामै सूची छ। फरक-फरक आँखाहरूको दृष्टिकोण फरक छन्।

बुह्रान उपन्यासमा नेपाली जनजीवनको बहुलवादी यथार्थ

उपन्यासमा थारू संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको छ। गैरथारूभाषीलाई पढ्दा झर्को लाग्ने, शब्दार्थ हेर्नुपर्ने र अरूलाई सोध्नुपर्ने झन्झट छैन।

सोचे जस्तो हुन्न जीवन

कले सुइय्य गरेर लामो सास फाल्दै-भो छाडिदिऊँ, कुरा गर्‍यो कुरैको दुख। अर्काका कुरा गरेर के खेर फाल्नु मूल्यवान् समय। बरु भन्नू न यसपालिको दशैं योजना के छ?

झापादेखि राजधानीसम्मको यात्रा

इतिहासको कक्षा रत्नराज्य क्याम्पसको भवनमा पढेर नेपाली विषयको कक्षा लिन हामी दौडिंदै वाल्मीकि क्याम्पसको भवनमा पुग्थ्यौं। वाल्मीकि क्याम्पसमा चमेनागृह समेत नभएकाले हामी चिया खान कहिले रत्नराज्य कलेज त कहिले पद्मोदय मोडमा पुग्थ्यौं।

गुरु

तारेर माझिले डुङ्गा, पुग्दछ तटमा जब,रोकिन्न यत्तिले कर्म, भेटिन्छ बटुवा नव। रीति यै नीतिमा चल्छ, डुङ्गामै माझीको जुनी,जस्तो हो माझिको डुङ्गा, उस्तै हुन् ती गुरु पनि।

छेपारो

उमेरसँगै इन्द्रियहरू कमजोर हुँदै गएकाले धनवीरले चस्मा लगाउनुपर्‍यो। त्यो पनि पोहोर छोरीले छुट्टीमा आउँदा किनेको। यसैले त उनलाई हेर्नु जसोतसो समस्या छैन अहिले भने।

किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा?

भान्सा मिले बिरालो र मुसो पनि मिल्छन् मेरो घरमा, किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा? उज्यालो खोज्दै हिंडेका पुतली त निल्थे माउसुलीले,हिजोआज त क्वाप्प क्वाप्प रश्मि नै निल्छन् मेरो घरमा।

संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धरबारे लेखिएको ज्ञानकाजी मानन्धर कृति लोकार्पण भएको छ।

डा.चमा थुलुङका नाचीनाची बेसारा र युम्पी एकैसाथ लोकार्पण

साहित्यकार डा.चमा थुलुङका नाचीनाची बेसारा बालकवितासंग्रह र युम्पी गीतिकाव्यको कोटेश्वरस्थित सुम्निमा हलमा लोकार्पण भएको छ।

पोखरेलको ‘जीवनका अनुभूति’ लोकार्पण

साहित्यिक पत्रकार संघले सर्जक बिना पोखरेलको आत्मकथा ‘जीवनका अनुभूति’ दोस्रो संस्करणको थाहा पुस्तकालय,मीनभवन, काठमाडौंमा लोकार्पण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्