coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बूढो समय र बाबुराम श्रेष्ठ यात्री

पुस्तक

ममता मृदुल

नेपाली भाषा साहित्यको कविता विधामा कलम चलाउने कवि बाबुराम श्रेष्ठ ‘यात्री’ गोलाञ्जर-५, विजयछाप सिन्धुलीमा बुवा रामबहादुर श्रेष्ठ र आमा लक्ष्मीकुमारी श्रेष्ठको सुपुत्रका रूपमा २०४४ साल कात्तिक २० गते  जन्म भएको हो।

उनी हाल मरिण, बाह्रबिसे, सिन्धुलीमा बस्छन्। उनको देश दुख्छ कवितासंग्रह २०६३ सालमा छापिएको छ।

बूढो समय कवितासंग्रहको आवरण वाशु क्षितिजको रहेको छ। प्रकाशक विएन पुस्तक संसार रहेको छ। मूल्य २५० रुपैयाँ रहेको छ।

डा.नवराज लम्सालले ‘जीवनका बान्किला बुट्टा’, गोपीकृष्ण ढुंगानाले ‘जीवन र जगत छिचोल्ने कविता’ र डा. बलराम अधिकारील ‘चिन्तनको विविधता’ शीर्षकमा कृतिबारे लेखेका छन्।

त्यस्तै ‘आफ्नै छाया देखिने ऐना’ शीर्षकमा महेश पौड्यालले लेखेका छन्। आफ्ना कुरा शीर्षकमा कवि बाबुराम श्रेष्ठ यात्रीले लेखेका छन्।

पुस्तकमा ४९ कविता समावेश गरिएको छ। एक सय छत्तीस पेज रहेको। लामा र छोटा कविता समावेश छ।

पहिलो कविता बादलहरूको जुलुसमा शीर्षकको कविता रहेको छ। यो कवितामा एउटा सिंगो युग नाजवाफ उभिएको छ। फगत ऊ प्रश्न गर्छ आफैंमा कुनै बेला खुसीहरू सर्लक्क पल्टिन्थे अगाडि जसले माहोल उल्लासमय बनाउँथ्यो। यस्ता भाव समेटिएको छ।

बूढो समय कविता यो संग्रहको भाग्यमानी कविता हो जसको शीर्षकमा पुस्तक छापिएको छ। यो कवितामा कविले 

आकाश कालो लाग्छ

बादलका चाँदनी घेरा देखिँदैन

घाम चिसा छन्

धरती मलिन छन् 

सम्बन्धहरू तुवाँलाले ढाक्दै छन्

यसरी सुरु गरिएको कविता

बहुरूपी मान्छेका चरित्रहरू

बाटामा फिंजारेर

मान्छे स्वयं

समयलाई जबर्जस्ती बूढो बनाइरहेछ।

यो कवितामा कविले समयलाई कसरी बूढो बनाइएको छ भनेका छन्।

एक्लै शीर्षकको कवितामा

म सिंगो जिन्दगी बोकेर

एक्लै टाकुरोमा उभिएको छु।

मेरो देश शीर्षकको कवितामा

मेरो देशलाई

बहुला कुकुरहरूले

मुख गाडेका छन्  भनेर आक्रोश पोखिएको छ। देशप्रतिको प्रेम पोखिएको छ। नेपालमा विविध समस्या झेल्दै जीवन बिताएका युवा मन कतै बगेको कतै बगाइएका राप र तापसँगै पिल्छिएको भान हुन्छ।

बाबुराम श्रेष्ठ यात्रीका कवितामा मानिस र प्रकृतिसँग खेलिएको छ। प्रेम छचल्केको छ। पीडा भाव सल्बलाएका जन्मभूमिप्रतिको अगाध प्रेममा छचल्केको मन छ।

कालो बादलमा चाँदनी घेरामा समयको प्रेमको बारेमा नेपालप्रति छचल्केको माया, जन्मभूमिप्रतिको अगाध प्रेममा छचल्केको भाव छ। साहित्यकार बाबुराम श्रेष्ठ यात्री कवितामा सरल शब्दसँग बगेका छन्। भाषा सरल नेपाली रहेको छ। कवितामा चुम्बकीय आकर्षण छ। पुस्तक पढेपछि पढिरहूँ लाग्छ। कवि बाबुराम श्रेष्ठ यात्रीको सफल साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु।

प्रकाशित: १४ आश्विन २०७९ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App