२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोखरेलको ‘जीवनका अनुभूति’ लोकार्पण

साहित्यिक पत्रकार संघले सर्जक बिना पोखरेलको आत्मकथा ‘जीवनका अनुभूति’ दोस्रो संस्करणको थाहा पुस्तकालय,मीनभवन, काठमाडौंमा लोकार्पण गरेको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सो आत्मकथा कृतिको लोकार्पण गरेका हुन्।

समारोहमा वरिष्ठ साहित्यकार प्रमोद प्रधान र समालोचक डा. शान्तिमाया गिरीले लोकार्पित कृति ‘जीवनका अनुभूति’को समीक्षात्मक टिप्पणी राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, स्रष्टा बिना पोखरेल, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, गुञ्जनकी पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल उद्योग वाणिज्य महासंका पूर्व अध्यक्ष चण्डी ढकाल लगायतले मतव्य राखेका थिए।

संस्थाका अध्यक्ष लेकालीले स्रष्टा बिना पोखरेललाई माला, दोसल्ला र मायाको चिनोसहित सम्मान गरेका थिए।

यसैगरी कार्यक्रममा अध्यक्ष लेकालीले प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रमुख समीक्षकद्वय प्रमोद प्रधान र समालोचक डा. शान्तिमाया गिरीलाई पनि मायाको चिनो प्रदान गरेका थिए।

साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मा, लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, साहित्यकारहरू पवन आलोक, प्राडा गोविन्दमान सिंह, विमल भौकाजी, ध्रुव मधिकर्मी, रविन्द्र आशिष साइलो, निर्मलरमण पराजुली, नवराज सुवेदी मून, शिव अधिकारी, दिव्य गिरी, रुद्र अधिकारी, तारा केसी, किशोर श्रेष्ठ, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ, मनिला वन्त, ज्ञान्दरी कैनी, नीता श्रेष्ठ, पारु तिमिल्सिना, नायिका दीपिका प्रसाई, पहिलो महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष एवं फिट्कोकी अध्यक्ष सुचित्रा श्रेष्ठ, ‘कल्पतरु’ का प्रधानसम्पादक तथा नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष नवराज पुडासैनी ज्योत्सना, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, संसाकका सम्पादक उमेश पाण्डे, उषा केसी, डी. आर., रेणु अधिकारी मौनता, बलराम थापा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ आश्विन २०७९ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App