१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरा महानगरः उपमेयरमा अझै अन्योल

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा दलहरुले टुंगो लगाएपनि उपमेयरमा भने अझै निर्णय हुन सकेको छैन। उम्मेदवारी दिन सुरु हुँदा पनि प्रमुख दलले उपमेयरको टुंगो लगाउन नसकेका हुन्। एमाले केन्द्रीय सचिवालयले उपमेयरमा मञ्जुदेवी गुरुङलाई शिफारिस गरेको भएपनि उनले भने उपमेयरमा उम्मेवार बन्न अस्वीकार गरेकी छिन्।

कलैयाका १३६ जनप्रतिनिधिद्वारा राजीनामा

वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पुनःउम्मेदवार बन्नको लागि १३६ जनाले राजीनामा दिएका हुन्।

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।

कांग्रेसले पोखरा महानगरको उपमेयरमा दश जनाको नाम पठायो

आगामी स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले दश जनाको नाम सिफारिस गरेको छ ।

अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु

ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।

नेपालगन्जमा भागबण्डा नपाउँदा माओवादी केन्द्रको असन्तुष्टी

पाँच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा भागबण्डामा टुंगो लगाएपछि नेकपा (माओवादी केन्द्र) असन्तुष्ट बनेको छ।

गठबन्धनको निर्णय कांग्रेस नगर समितिले नमान्ने

जनकपुर उपमहानगरपालिकाका प्रमुख पद जनता समाजवादी पार्टीलाई दिने सहमति जुटेको छ। त्यस्तै पाँच दलिय गठबधनलेउपप्रमुख कांग्रेसलाई दिने निर्णय गरेको छ।

अंग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो

नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ।

ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्ष

बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष छ।

गठबन्धन बैठकः महानगर र उपमहानगरको सिट बाँडफाँडमा केन्द्रित

सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ।

पोखरा महानगरः एमालेले १२ जना आकांक्षीकै नाम पठायो

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ। मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो।

नेपालगन्जको मेयर र उपमेयरमा गठबन्धन दलभित्र आ–आफ्नै अडान

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर भागबण्डा गर्ने विषयमा पाँच दलिय गठबन्धनबीच सहमति हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्