२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले पोखरा महानगरको उपमेयरमा दश जनाको नाम पठायो

आगामी स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले दश जनाको नाम सिफारिस गरेको छ।  

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहेका छन्। उपमेयरका आकांक्षीको ती नाम कांग्रेस पोखरा महानगर समितिले पठाएकोमा कांग्रेस गण्डकीले जस्ताको तस्तै केन्द्रमा पठाएको पार्टीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए। 

प्रकाशित: ९ वैशाख २०७९ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App