१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ। दुबै पार्टीका नेताहरुले बिहीबार यहाँ एउटा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेल भएको घोषणा गरेका हुन्।

दुबै दलबीच भएको सहमतिअनुसार आसन्न स्थानीय तहको चुनावमा वीरगन्ज महानगरपालिकामा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने सहमति भएको जानकारी नेताहरुले दिए। एमाले सचिव रघुवीर महासेठले सो पत्रकार सम्मेललगतै आफूहरु संयुक्त चुनाव परिचालन समिति बनाएर चुनावी अभियान बढाउने बताए।

वरिष्ठ नेता लक्ष्मणलाल कर्णले स्थनाीय तह निर्वाचनमा दुबै पार्टीको स्थानीय मुद्दाहरु मिलेकोले एकसाथ चुनावमा उत्रिन यो तालमेल गरिएको बताए। वीरगन्जका मेयर विजय सरावगी पार्टीमा आगामी मेयरको उम्मेदवारको रुपमा प्रस्तावित भएको र औपचारिक निर्णय हुन बाकी रहेको महासेठले बताए।

वीरगन्जको बहावलावा नगरप्रमुख सरावगी गत निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट जितेका थिए। मेयरमा निर्वाचित भएपछि पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका सरावगी गत फागुन २८ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको हातबाट टिका माला लगाई एमाले पसेका थिए।

वीरगन्ज महानगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेका मेयर उम्मेदवार महमद बसरुदीन अन्सारी पाँचौं स्थानमा रहेका थिए। सो पार्टीले भारी उम्मेदवारको खोजीमा निर्वाचित मेयर विजयकुमार सरावगीलाई नै पार्टी प्रवेश गराएपछि पाँचौं स्थानको छविबाट उक्लिएर प्रतिस्पर्धी पार्टी बनेको छ।

लोसपासँग तालमेलपछि एमाले यहाँ अझ बलियो भएको पार्टीका नेताहरुले दावी गरेको छन्। वीरगन्जमा माहेर राजनीतिक खेलाडि यहाँ ३ पटक मेयर भइसकेका र अहिलेका पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका बिमल श्रीवास्तव पनि घोषण पत्रकार सम्मेलनमा मञ्चमा थिए।

लोसपाले उपमेयरमा कसलाई उठाउँछ भन्नेबारे घोषणा गरिसकेको छैन। उक्त पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, प्रदेश साँसद रमेशप्रसाद कुर्मी र नेता शशिकपुर मियाँको उपस्थिति रह्यो। एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले वीरगन्ज महानगरपालिकामा मिलेर चुनावमा भाग लिने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सत्तारुढ दलहरुको गठबन्धनमा वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टीको भागमा परेको छ। स्थानीय कांग्रेसी नेताहरुले भने यसलाई स्विकार गर्न सकेका छैनन। कांग्रेसका पूर्वजिल्ला सभापति संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यले यसमा बिरोध नै सार्वजनिक गरेका छन्।

अघिल्लो स्थानीय तहको चुनावमा मेयरमा कांग्रेसकै शान्ति कार्की विजयी भएकी थिइन्। यसपाली सत्तारुढ दलहरुको गठबन्धनमा पुनः वीरगन्जमा उपमेयर कांग्रेसको भागमा परेको छ।

प्रकाशित: ८ वैशाख २०७९ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App