२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फोहर व्यवस्थापनमा सहयोग गरिदिन महानगरपालिकाको अनुरोध

फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन्। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो।

घोराही उपमहानगरको चोकचोकमा ‘राजनीति’

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वटा टोल बिकास संस्थाले घोराहीको मुख्य सडकमा पर्ने एक चोकलाई ‘स्वर्गद्धारी घण्टाघर चोक’ नामाकरण गर्ने निर्णय गरे। घण्टा घर निर्माण सहितको चोक निर्माण गर्ने योजना मुताबिक टोल बिकास संस्थाहरुले उक्त नामाकरणका लागि गत असोजमा वडा कार्यालयबाट अनुमती पनि लिए।

गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी

धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

अनाथ आश्रममा बलात्कार : आश्रममा रहेका १५ बालबालिकाको उद्वार

दाङ तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ ।

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो।

लेखनाथ खास्टे ताल महोत्सव हुने

‘खास्टे जाऊँ, माछा खाऊँ’ नारासहित हुने महोत्सवको उद्देश्य खास्टे र न्युरेनी तालको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए। महोत्सवमार्फत आन्तरिक पर्यटन चलायमान गराउने समेत आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।

समाजवादी मार्गमा पोखरा महानगरपालिका

दुईवटा वर्गको समिश्रणबाट समाज संरचित भएको हुन्छ । एक शोषक वर्ग अर्को शोषित वर्ग । उत्पादनका स्रोत तथा साधनहरूमाथिको स्वामित्व, उत्पादित वस्तुहरूमाथि बजारको नियन्त्रण र श्रमिक वर्ग वा भनौँ शोषित वर्गको श्रममाथिको नियन्त्रणले नै शोषक वर्ग र शोषित वर्ग निर्धारण गर्छ ।

धरानमा ‘सेक्ष एभडेन्चर पार्क’

कोभिड–१९ ले एक वर्ष नेपालको पर्यटन क्षेत्रलाई ठप्प बनायो। यसबीच थुप्रै व्यवसायी पेसाबाट पलायन हुन बाध्य भए। अहिले अरू पेसा व्यवसाय चल्न थाले पनि पर्यटनमा उत्साह जगाउने गरी चहलपहल सुरु भएको छैन।

कोरिँदै विकास, फेरिँदै भरतपुर

भरतपुर महानगरपालिका चितवनको सदरमुकाम हो । स्थानीय तहको निर्वाचनका बेला केन्द्रले देखाएको चासोले पनि यसको महत्व उजागर गर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर पूर्वाधार विकासमा अब्बल मानिन्छ भने केन्द्रीय नेपालको व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्छ ।

कोरोनाका नाममा लुटः सामानै नकिनी खर्च विवरण

घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७७ असारसम्म क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च विवरण पठायो। क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिद शीर्षकमा उपमहानगरले २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेस गरेको छ।

काठमाडौं महानगरपालिकाका कर्मचारी समायोजनमा

काठमाडौं महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ। यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो।

घोराही उपमहानगरको ‘कोरोना खर्च’ - झण्डै तीन करोड

नागरिकले सूचनाको हक प्रयोग गर्दै माग गरेको सुचना अनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आईशोलेशन कायम रहँदा सम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रुपैयाँ खर्च गरेको छ ।

कागतीले हटायो बेरोजगारी

घरमै फलेको १० किलो कागतीको अचार बनाएर सुरु गरिएको उद्यमले धनगढी उपमहानगरपालिका–९, बंगराकटानका कृषक रामचन्द्र गिरीलाई स्वरोजगारको बाटो देखाएको छ।

धरानको नगरसभामा भूमिहीन सुकुम्बासी सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

धरान उपमहानगरपालिकाको आठौं नगर सभामा नगरसभा सदस्य एवं वडाध्यक्षले भूमिहीन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन गर्न भूमि आयोगले दिएको म्याद गुजारेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्