२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौं महानगरपालिकाद्वारा आकाशेपुल मर्मत र निर्माण

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन्। अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन्।

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ।

कोरोनाका नाममा लुट : खरिदै नभएका सामाग्री र नखुवाईएको खाना–खाजामा लाखौँ खर्च

वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई पठाएको पुष्टि हुन्छ । अँझ खाना खर्च वापत लागेको खर्च साढे चार लाख रुपैयाँ त झनै झूठ सावित छ ।

अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागसँग माग

वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो', पत्रमा भनिएको छ। वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ।

बालविवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।

स्थानीय सरकार : अन्तर्वार्ता लिने बाबु, पास हुने छोरी

गाउँका सिंहदरबारका नाममा कहलिएका स्थानीय सरकारहरुले ‘आफन्तावाद’ मा लिप्त भएका गुनासा झेल्नु परिरहेको छ । बिकासे योजना होस् या त कर्मचारी नियुक्तीको विषयमा होस् आफ्ना आफन्त वा निकटस्थलाई प्राथमिकता दिने गरेका उदाहरण दाङका स्थानीय तहहरुमा पनि ब्याप्तै छन् । यति सम्मकी घोराही उपमहानगरपालिकाका एक हाकिम बाबुले आँफ्नै छोरीलाई कर्मचारी नियुक्ती गरेका छन् । घोराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख बासुदेव आचार्यले आफ्नै छोरी दिपा आचार्यको अन्तर्वार्ता लिएर पास गराएका छन् ।

करको कसी भित्र ‘निशूल्क लालपुर्जा’

तुलसीपुर उपमहानगरपालिकाले भने अव्यवस्थित बसोबासीहरुले आफ्नो नाममा भएको पुर्जावाल जमिनको ‘जग्गा मुल्यांकन कर’ का नाममा प्रति कठ्ठा ०.२ प्रतिसत कर असुलेर मात्रै जग्गा मुल्यांकन सिफारीस दिएको छ । अन्यथा यो कर नतिर्दा सम्म उपमहानगरपालिकाले सिफारीस रोक्का गर्दै आएको थियो ।

खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ।

पूर्वाधारले फेरिँदै नेपालगन्ज

कुनै बेला नेपालगन्ज उपमहानगरपालिकामा जताततै फोहोरमैला, दुर्गन्ध, ट्राफिक जामको समस्याले हैरानी हुन्थ्यो । बर्खाको समयमा त अझै डुवानको भयावह अवस्था । यी समस्याबाट नेपालगन्जवासी सधैं चिन्तित थिए । अहिले भने नेपालगन्ज उपमहानगरपालिकावासी यस्ता समस्याबाट मुक्त भएका छन् । उपमहानगरपालिकाको मुहार विस्तारै फेरिँदै गएको छ ।

सिसि क्यामेराबाट वडाको निगरानी

नेपालगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वडा नम्बर ४ बाहेक अन्य वडाले यसरी आफ्नो क्षेत्रमा शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेका छैनन् । उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा ४ नम्बर वडाले गरेको सिसि क्यामेरा जडान कार्य पहिलो भएको बताए ।

नगरसभाबाट नयाँ विधेयक सर्वसम्मत पारित

पोखरा महानगरपालिकाको आठौं नगरसभा (विधान सभा) मा पेश गरिएको नयाँ विधेयकलाई नगरसभाको बैठकले सर्वसम्मत पारित गरेको छ ।

पोखरा महानगरपालिकाको आठौं नगरसभा, पाँचवटा नयाँ ऐन टेबुल

पोखरा महानगरपालिकाको आठौं नगरसभामा(विधान सभा)ले पाँचवटा नयाँ विधेयक टेबुल गरेको छ ।

काठमाडौं महानगरपालिकाले क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ। यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।

दाङ औद्योगिक क्षेत्र घोषणा : नीजि क्षेत्र हर्षित

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि स्थानीय तह घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रकृया थाल्ने छ । यसका लागि नीजि क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वयको गर्नेछ । उक्त क्षेत्रमा बसोबास गरेका नागरिकहरुको उचित ब्यवस्थापनका लागि स्थानीय सरकार संग समन्वय गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले जानकारी दिए

धरानमा कुकुर पाल्न उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने

धरान उपमहानगरपालिका क्षेत्रभित्र कुकुर पाल्न स्थानीय तहमा दर्ता गर्नुपर्ने कार्यविधि पारित भएको छ। उपमहानगरको आज सोमबार बसेको कार्यपालिका बैठकले घर पालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७ पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्