६ वैशाख २०८१ बिहीबार
समाज

घोराही उपमहानगरको ‘कोरोना खर्च’ - झण्डै तीन करोड

क्वारेन्टिन ब्यवस्थापनका नाममा झुठो प्रतिवेदन तयार पारेको घोराही उपमहानगरपालिकाले कोरोना रोकथामका लागि झण्डै तीन करोड रकम खर्च गरेको छ । नागरिकले सूचनाको हक प्रयोग गर्दै माग गरेको सुचना अनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आईशोलेशन कायम रहँदा सम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रुपैयाँ खर्च गरेको छ । उसको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७६÷०७७ अन्तर्गत २०७६ चैत देखि २०७७ असार मसान्त सम्मको कुल खर्च २ करोड ४७ लाख ८९ हजार २ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ । 

उसले यो अवधिमा सबै भन्दा बढि औषधी सामाग्री, स्वास्थ्य उपकरण खरिद र शब व्यवस्थापनमा ५१ लाख ६० हजार ९ सय ७६ रुपैयाँ खर्च भएको जनाएको छ । यो रकमले मास्क ग्लोब,स्यानिटाईजर , पिपिई, तथा स्यानिटाईजिङ बस्तु खरिद,थर्मल गन, आरडिटी, किट, पिसिआर परिक्षका लागि आवश्यक सामाग्री लगाएतका स्वास्थ्य सामाग्री तथा उपकरण खरिद गरेको जनाएको छ । यसैगरि यहि रकम खर्चमा दुईजनाको शब ब्यवस्थापन पनि उल्लेख गरिएको छ । यो अबधिमा दाङमा कोरोनका कारण दुईजनाको मृत्यु भएको थियो ।  

इसैगरि अस्पताल निर्माण तथा व्यवस्थापन शिर्षकमा १७ लाख ८० हजार रुपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ । यसअन्तर्गत यो उपमहानगरले कोरोना बिशेष अस्पताल निर्माण गरेको जनाएको छ भने भैरहेका अस्पतालको ब्यवस्थापन सुधार वा संरचनाको मर्मत सम्भार गरिएको उल्लेख छ ।  

यसैगरि  प्रयोगशाला निर्माण वा स्तरोन्नतीका लागि ५ लाख ५४ हजार ५सय ९० रुपैयाँ खर्च भएको जनाईएको छ । यसैगरि क्वारेन्टिन निर्माण,क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिदमा २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । यसैगरि क्वारेन्टिनमा बस्नेहरुको खाना खर्च शिर्षकमा ४ लाख ४२ हजार ४ सय ६ रुपैयाँ खर्च भएको जनाईएको छ । 

जबकी यो उपमहानगरले कुनै पनि क्वारेन्टिनमा खानाको व्यवस्थापन गरेको थिएन । यसैगरि क्पारेन्टिन ब्यवस्थापनका नाममा तौलिया,टुथपेष्ट, चप्पल तथा पलङ खरिद गरिएको भनेर यो उपमहानगरले झूठो प्रतिवेदन तयार पारेको छ ।  

आईशोलेशन निर्माण वा तयारी तथा आईशोलेशन व्यवस्थापन शिर्षकमा १५ लाख ५५ हजार १ सय ४४ रुपैयाँ खर्च भएको जनाएको यो  उपमहानगरले आईशोलेशन खाना खर्चमा १६ लाख ४० हजार ४ सय २१ रुपैयाँ खर्च गरेको जनाएको छ । क्वारेन्टिन वा आईशोलेशनमा बसेहकाहरुको औषधी खर्चमा २० हजार २ सय १२ रुपैयाँ खर्च गरेको जनाएको उपमहानगरले १८ लाख २० हजार ७ सय ४७ रुपैयाँको राहत बितरण गरिएको जनाएको छ ।

 यसैगरि कोरोना रोकथाममा खटिएकाहरुको जोखिम भत्ता वापत ८५ लाख १७ हजार ३ सय ५६ रुपैयाँ खर्च भएको जनाएको उपमहानगरले ९ लाख ८१ ह्जार २ सय रुपैयाँ यातायातमा खर्च भएको जनाएको छ । यि बाहेक यो उपमहानगरले आर्थिक बर्ष २०७६÷०७७ मा ८२ हजार १९ रुपैयाँ अन्य शिर्षक राखेर खर्च भएको उल्लेख गरेको छ ।  

यसैगरि यो उपमहानगरले आर्थिक बर्ष २०७७÷०७८ अन्तर्गत २०७७ साउन देखि कात्तिक सम्म ३२ लाख ८१ हजार ६ सय २८ रुपैयाँ खर्च गरेको आफ्नो खर्च विवरणमा उल्लेख गरेको छ । यो अवधिमा अस्पताल निर्माण तथा व्यवस्थापन शिर्षकमा ७ लाख ८० हजार,क्वारेन्टिन निर्माण तथा क्वारेन्टिनमा बसेकाहरुको खाना खर्च वापत ३ लाख ३८ हजार ९ सय ४ रुपैयाँ खर्च भएको जनाईएको छ । 

आईशोलेशन निर्माण वा तयारी तथा व्यवस्थापनका लागि एक लाख ७५ हजार ५ सय ९७ रुपैयाँ खर्च भएको जनाएको उपमहानगरले आईशालेशनमा बसेकाहरुको खाना खर्च वापत १९ लााख ५७ हजार १ सय २७ रुपैयाँ खर्च भएको जनाएको छ । यसैगरि यातायात खचए वापत ३० हजार रुपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ ।  

दुई आर्थिक बर्ष अन्तर्गत ०७६ चैत देखि ०७७ कात्तिक सम्म २ करोड ८० लाख रुपैयाँ कोरोना रोकथामका लागि खर्च गरेको जनाएको उपमहानगरले यो खर्च अस्वाभाविक नभएको बताउँछ । उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भने ‘बाहिर बसेर हेर्नेहरुलाई जे लागे पनि उपमहानगरले गरेको खर्च अस्वाभाविक हुँदै हैन, काम गर्दाखेी काम गर्नेहरुलाई मात्र वास्तविकता थाहा हुन्छ ।’

प्रकाशित: २३ फाल्गुन २०७७ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App