नौटंकी नि कति जान्ने भित्र एउटा बाहिर अर्कै
सबै ठाउँमा ईर्ष्या–डाह भावना नै फुटे जस्तो, आफूआफूमा हानाथाप भातृत्व नै टुटे जस्तो। नौटंकी नि कति जान्ने भित्र एउटा बाहिर अर्कै, बुहारीलाई तर्साएर छोरीलाई कुटे जस्तो।
सबै ठाउँमा ईर्ष्या–डाह भावना नै फुटे जस्तो, आफूआफूमा हानाथाप भातृत्व नै टुटे जस्तो। नौटंकी नि कति जान्ने भित्र एउटा बाहिर अर्कै, बुहारीलाई तर्साएर छोरीलाई कुटे जस्तो।
श्रवण मुकारुङ, नेपाली साहित्यकाशको एक परिचित नाम। विशेषतः ‘बिसे नगर्चीको कथा’ कवितामार्फत् देश हल्लाउने सामर्थ्ययुक्त कविता जन्माउने श्रवणको परिचय कवि मात्र हैन, उनी गीतकार पनि हुन्। उनले नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन्।
‘वनिता’ प्रकाशनको आयोजनामा बालगायक सन्देश पौडेलका आवाजमा रहेको गीति एलबम ‘रहर कुँदेका पाइलाहरू’ अडियो तथा शर्मा ललिताको ‘चन्द्रलोकको सानो साथी’ बालकथा संग्रह सार्वजनिक भएको छ।
मरिसकेपछि तस्बिर पुज्नेहरू मानवलाई अछुत बुझ्नेहरू खोजीखोजी कुकुरलाई पुज्नेहरू मन्दिरको मूर्ति बनाउनेहरू त्यही मूर्ति पुज्न खोज्दा मारिनेहरू ...।
आठ बजे उठ्छ छोरा अल्छी मानीमानी, यस्तो जाडोमा पनि काममा जान भनी। बुहारीले पकाएको खाना खानैपर्यो, खा’को भाँडा उठाउने किन गर्नुपर्यो?
मुक्तककार तीर्थराज अधिकारीको ‘जूनका टुक्राहरू’ अंग्रेजी अनुवाद ‘पिसिस् अफ द मुन’ सहितको मुक्तक संग्रह नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सार्वजनिक गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि ऋषि केसीले यस्ता बालसाहित्यका कृतिहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिने बताए। बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले हामी लेखक होइन, स्रष्टा बन्न अग्रसर हुनुपर्ने बताए।
उनले सबैतिर फर्कदै भने, ‘आफ्नो संस्कार नबिर्स। घरमा एकै ढिक्का भई कर्तव्य पथमा लाग। विलासीपन छोड। सादा जीवन उच्च विचार आत्मसात् गरेर देखाओ। यही हो मलाई खाँचो परेको कुरा। यो पाए म राम्रोसँग निदाइहाल्छु नि।’
गणेश रसिक फाउन्डेसनकी सस्थांपक अध्यक्षसमेत रहेकी स्वर्गीय राईको ४५औं दिनको पुण्यतिथिमा रसिकले २० हजार रुपैयाँ नगद राशिसहितको पुरस्कार घोषणा गरेका हुन्। यो पुरस्कार हरेक वर्ष १ नम्बर प्रदेशका उत्कृष्ट पत्रकारलाई प्रदान गरिने रेडियो फिक्कलले जनाएको छ।
कुनै वेला औलो लाग्छ भनेर हुनेखाने कोही नजाने बैदाममा जुत्ता सिउने, बाजा बजाउने र माछा मार्नेहरूको झुपडीहरू हुन्थे। ती कता पुगे कता पुगे अहिले। यसलाई पनि जेन्ट्रिफिकेसन नै भन्नुपर्ला।
आमाको महिमागान गरी लेखिएको यस खण्डकाव्यमा काव्यकार ज्ञाननिष्ठ ज्ञवालीले सरल भाषाको प्रयोग गरेका छन्। भाषिक सरलता यस खण्डकाव्यको महत्त्वपूर्ण पक्ष हो। उनले यस काव्यमा उपजाति, अनुष्टुप, सबाई र झ्याउरे गरी जम्मा चार छन्दको प्रयोग गरेका छन्।