२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

जिउँदो हुँदा जुध्नेहरू

कविता

सावित्री विक

 

मरिसकेपछि तस्बिर पुज्नेहरू

मानवलाई अछुत बुझ्नेहरू

खोजीखोजी कुकुरलाई पुज्नेहरू

मन्दिरको मूर्ति बनाउनेहरू

त्यही मूर्ति पुज्न खोज्दा मारिनेहरू

न्यायको ढोका बताउनेहरू

पीडितलाई नै उल्टै सताउनेहरू

अन्तरजातीय विवाह हुँदा छुटाउनेहरू

नसके छुटाउन आइजाइ टुटाउनेहरू  

दाइजोको निहुँमा मारिनेहरू

मर्नलाई  बाँध्य पारिनेहरू

चेलीको बलात्कार गर्नेहरू

बलात्कारी खुलेआम घुमेर हिँड्नेहरू

आँगनमा गणतन्त्र ल्याउँछौ भन्नेहरू

गणतन्त्रको रूपरंग नदेख्नेहरू

मञ्चमा ठूलाठूला भाषण गर्नेहरू

देशमा शासन गर्नेहरू

केकेहरू केकेहरू हरू हरू हरू

भनेर साध्य छैन भनेर पो के गरूँ

यी सबै हरूबाट अब मुक्ति पाउनपर्छ

बल्ल पो सुखी नेपाली समृद्ध नेपाल बन्छ!

प्रकाशित: २७ मंसिर २०७८ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App