लुटपाटमा संलग्न सातजना इटहरीबाट पक्राउ, धरानबाट समातिए लागूऔषध कारोबारी
पाँच दिनअघि इटहरीको पर्यटकीय स्थल तालतलैया नजिकै रहेको चोकमा दुई सर्वसाधारणलाई लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच दिनअघि इटहरीको पर्यटकीय स्थल तालतलैया नजिकै रहेको चोकमा दुई सर्वसाधारणलाई लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार रोशन राई कुवेतबाट पक्राउ परेका छन्।
राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै जुम्लामा लागुऔषध कारोबार, ओसारपसार र सेवन गर्नेको संख्या बढेको पाइएको छ।
हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।
प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोबारी भेटिने गरेको पाइएको हो। हुम्लाबाहेक कर्णालीका सबै जिल्लामा लागूऔषध कारोबार हुने गरेको प्रहरी रेकर्डमा देखिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध कर्णालीमा १३६ वटा लालटिन समूह गठन गरेको छ।
वीरगन्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतबाट शुक्रबार उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ सय ६० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका-५ बस्ने अन्दाजी १९ वर्षीय नरेन्द्र सार्की र अन्दाजी १८ वर्षीय विशाल सार्की छन्।
कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।
अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका ७ का वडा अध्यक्ष शिवराज थिङ पक्राउ परेका छन्।
जुम्ला प्रहरीले लागूपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा बजारमा ट्युसन पढ्ने विद्यार्थीलाई पढाउन सुरु गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका–१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ।