२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हरिणको सिङ र गाँजासहित एकजना महिला पक्राउ

हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।

रंगेली नगरपालिका– ७ की ५५ वर्षीया सागर देवीलाई हरिणको सिङ र लागूऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार सागर देवीका घरमा हरिणको सिङ र गाँजा लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा घर खानतलासी गर्दा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले हरिणका दुई जोडा (४ थान) सिङ र १ केजी ६९७ ग्राम लागुऔषध गाँजा पक्राउ परेकी उनको घरबाट बरामद गरेको डिएसपी दाहालले बताए। बरामद भएको हरिणको सिङ कहीँकतैबाट तत्कालै नल्याई पुरानो भएको र पहिल्यैदेखि घरमा राख्दै आएको पक्राउ परेकी महिलाले बताएको प्रहरीले जनाएको छ।

सागर देवीले गाँजा ल्याउने र ससाना पोका बनाएर स्थानीयलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै डिएसपी दाहालले भने, ‘सिङ पहिलेदेखि घरमा रहेको बताए पनि थप अनुसन्धान अघि बढाएका छौं। बरामद भएको सिङसहित पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि वन कार्यायलमा बुझाउने र लागुऔषध गाँजाका सम्नबन्धमा प्रहरीले अनुसन्धान गर्ने छ।’

पक्राउ परेकी महिलाविरद्ध लागुऔषध कारोबारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २४ माघ २०८० १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App