२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जुम्लामा विद्यार्थी पढाउँदै प्रहरी

लागूऔषध सम्बन्धि पढाउँदै प्रहरी। तस्बिर: गोल्डेन बुढा

जुम्ला प्रहरीले लागूपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा बजारमा ट्युसन पढ्ने विद्यार्थीलाई पढाउन सुरु गरेको छ।

समाजमा बढ्दै गएको लागूऔषध दुव्यसन र साइबर अपराधविरुद्ध विद्याथीलाई सचेत गराउन कक्षा सुरु गरिएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार मंगलबार बिहान ८ बजे देखि ९ बजेसम्म माउन्ट स्टार ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीलाई साइवर अपराध एवं लागूऔषध न्युनिकरन सम्बन्धी प्रशिक्षण  दिइएको हो। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो सचेतनामुलक कार्यक्रम गरिएको हो।

जिल्ला स्थिति विभिन्न विद्यालय बाट एसइइको ट्युसन पढ्न आएका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबर अपराधबाट आइपर्ने झन्झटका बिषयमा पढाउन थालिएको डिएसपी चन्दले बताए। यो अभियान बजारमा संचालित सबै ट्युसन सेन्टरमा पुगेर लागूऔषध दुव्यसनी, साइबर अपराध लगायत बिषयमा प्रशिक्षण सुरु गरिने छ।  

चन्दका अनुसार यो बेला जुम्लामा लागूओैषको प्रयोग बढी हुन्छ,त्यहीँ भएर विद्यार्थीलाई सचेतना जगाउने आवश्यकता छ। समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागूऔषध दुव्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका खेल्ने उनको भनाइ छ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागूऔषधको दुव्यसन र सडक असुरक्षा बढेको प्रहरी बुझाइ छ। यसकारण समाजमा अपराध र असुरक्षा बढिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने देखिन्छ। प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा रहन सहयोग गर्ने ट्युसन संचालकहरु बताउँछन्।

प्रहरीको कार्यक्रमले आफूहरूले धेरै ज्ञान आर्जन गरेको छात्रा सृजना रोकायाले बताइन्। उनले भनिन्, 'हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन, यो कार्यक्रमबाट धेरै ज्ञान आर्जन भयो। फेसबुकमा के लेख्ने, के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो।'

प्रकाशित: १९ पुस २०७९ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App