१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

वीरगन्जबाट बेवारिसे लागूऔषध नियन्त्रणमा

प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा बेवारिसे अवस्थामा लागूऔषध बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतबाट शुक्रबार उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो।

यादवको खाली खेतमा दुई वटा पहेँलो रंगको बोराभित्र शंकास्पद वस्तु रहेको सूचना स्थानीयले दिएपछि वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जबाट खटिएको टोलीले बोराभित्र प्रतिबन्धित विभिन्न लागूऔषध फेला पारेको हो।

प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारबिक्रम थापाका अनुसार बरामद लागूऔषधमा डाइजेपाम इन्जेक्सन २ हजार ३ सय ३५ एम्पुल, नुरफिन इन्जेक्सन ३ हजार १ सय ६९ एम्पुल र फेनारगन इन्जेक्शन ३ हजार ४ सय ११ एम्पुल छन्। बरामद भएका लागूऔषधबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।

प्रकाशित: ७ आश्विन २०८० १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App